काठमाडौं । रवि लामिछाने जोडिएको र जीबी राईले पोखराको सूर्यदर्शन सहितका ५ वटा सहकारीका बचतकर्ताको करिब २ अर्ब रुपैयाँमा खरिद गरिएको जग्गा अपचलनमा संलग्न बाजेको सेकुवाकी संचालक नितिमा कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ ।
बाजेको सेकुवाका संचालक चेतन भण्डारी र उनकी श्रीमती नितिमा कार्कीको नाममा रहेको चेनी क्यापिटललाई सहकारीका बचतकर्ताको बचतबाट खरिद गरेको ललितपुरको प्राइम लोकेसनमा रहेको सैंबू भैंसेपाटीमा रहेको २३ रोपनी ७ आना जग्गा जीबी राईले अति सस्तो दरमा बिक्री गरेको देखिन्छ ।
सहकारीको बचतबाट किनेको जग्गा जीबीले शंकास्पद ढंगले चेनीलाई बिक्री गरिएको छ । ७ लाख आनामा जीबी राईले चेनी क्यापिटललाई बिक्री गरेका छन् । जुन जग्गा आनाकै न्यूनतम ५० लाख पर्न जान्छ, कसरी ७ आनामा चेनीलाई बिक्री गरियो, शंकास्पद छ । यस्तो शंकास्पद ढंगले जग्गा बिक्री गरिनुले पनि जीबी राईले सरकारले रोक्का राख्न सक्ने भएपछि हतार हतार चेनीका नाममा लुकाएको कुरालाई नै पुष्टि गरेको छ ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, बीरगंजको सानोपाइला, नेपालगंजको समानता सहकारीका बचतकर्ताले प्रहरी कार्यालयमा उजुरी दिन थालेपछि जीबी राईले चेनी क्यापिटलका नाममा उक्त जग्गा पास गरेको तथ्य खुलेको थियो । जीबी राईले उक्त जग्गा सरकारले रोक्का राख्न नसकोस् भनेर बाजेको सेकुवाका संचालक चेतन र नितिमा दम्पतीका नाममा लुकाएको बिषयमा नेपालफेस डटकमसहितका संचारमाध्यमले उजागर गरेका थिए ।
ललितपुरको भैंसेपाटीमा जग्गाको मूल्य न्यूनतम ५० लाख आना पर्दछ । २३ आना ७ पैसा अर्थात् ३ सय ७५ आना हुन आउँछ । जसको मूल्य ५० लाख आनाले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ हुन्छ ।
सहकारीका बचतकर्ताको निक्षेपबाट जीबी राईले किनेको जग्गा चेतन र नितिमाको चेनी क्यापिटलमा लुकाएका जीबी राई फरार छन् । सहकारीका बिरुद्ध उजुरी पर्न थालेपछि उनी हतार हतार उक्त कम्पनीबाट अलग भई कौडीको मूल्यमा उक्त जग्गा चेनी क्यापिटलको नाममा बिक्री गरेको देखाएर लुकाएका थिए । पोखराको सूर्यदर्शनसहितका ५ वटा सहकारीको बचतकर्ताको १६ अर्ब रुपैयाँ अपचलन गरेका गितेन्द्रबाबु (जीवी) राई फरार छन् ।
जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारले रवि लामिछानेको मुद्दा फिर्ता लिने सूचीमा सहकारीको १६ अर्ब बचत हिनामिना गर्ने जीबी राईसमेतको नाम छ । राईले सूर्यदर्शन, सुप्रिम सहहितका सहकारी संस्थामा सहकारी ऐन नियमबिपरीत बचतकर्ताको ६५ करोड रकम लगानी गरी डुबाएका थिए । जुन रकम अपचलनमा रास्वपाका सभापति रवि लामिछाने नै मुछिएका छन् ।
जीबी सहकारी ठगीमा छन् भन्ने जानीजानी उनको ठगीलाई मिडियाबाट ढाकछोप गर्न रविलाई अगाडि सारी ग्यालेक्सी टीभी खोलिएको थियो । रवि त्यही ग्यालेक्सीमा लगानी गरिएको बचतकर्ताको ६५ करोड अपचनलमा सहकारी ठगीमा मुद्दा समेत खेपिरहेका छन् । बिगो बुझाएर मात्र उनी रिहा भई चुनावमा उम्मेदवार भएका छन् ।
यसैबीच, गितेन्द्रबाबु (जीवी) राईले ठगीको रकमबाट खरिद गरी चेतन र नितिमाका नाममा लुकाएको (बेचेको ??) भैंसेपाटीको उक्त जग्गा मिडियाको खबरदारीपछि प्रहरीको पत्रका आधारमा मालपोत कार्यालय ललितपुरले रोक्का राखेको छ ।
बाजेको सेकुवाका चेतन भण्डारी २०७५ सालमा भएको साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा समेत मुछिएका पात्र हुन् । गोरेका नामले चर्चित चुडामणि उप्रेतीसहित संलग्न उक्त सुन तस्करीमा चेतनको पनि नाम थियो । पक्राउ पर्ने डरले त्यसबेला उनी अमेरिका फरार भएका थिए । पछि अदालतमा सेटिङ गरी उनी नेपाल फर्किएका थिए ।
चेतन भण्डारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले खोजेपछि पक्राउ पर्ने त्रासले दुबई पुगेका थिए । उनलाई २०८१ मंसिरमा सीआईबीले पक्राउ गर्न खोजेपछि उनी फरार भएका थिए ।
सीआईबीले खोजेपछि दुबई पुगेका चेतन भण्डारीले भक्तपुरका नवीन बस्नेत नामक बिचौलियाको माध्यम प्रयोग गरी सेटल गरी फर्र्किएका थिए । ती बिचौलियाले सीआईबी मिलाएपछि भण्डारी नेपाल फर्किएका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend