Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ हुने


    बिहिबार, चैत्र १२ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ हुँदैछ ।

    सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले बुधबार भएको बहस नसकिएपछि आज सुनुवाइ गर्ने तय गरेको हो ।

    रिट निवेदकको तर्फबाट बहस सकिएको छ । आजको बहसमा सरकारी वकिल र रवि पक्षका वकिलले प्रतिवाद गर्नेछन् ।

    महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेपछि विवादको रूप लिएको थियो । भण्डारीले गत २ माघमा लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।

    रवि लामिछानेसँगै सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारासहित ५ वटा सहकारीको १६ अर्ब ५० करोड बचत हिनाममिना गर्ने जीबी राईको पनि मुद्दा फिर्ता हुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार