काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात नेपाली कांग्रेसबाट भएको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र उनको टिमलाई बधाई दिँदै भट्टराईले यस कदमले अन्य दलहरूलाई पनि अग्रगामी पुनर्संरचनातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्–‘पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको शुरूवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा शुभकामना ।’
उनले कांग्रेसमा भएको नेतृत्व परिवर्तनले देशको समग्र राजनीतिमा सकारात्मक सन्देश जाने अपेक्षा पनि व्यक्त गरेका छन् ।
‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझ बलियो बनोस्,’ भट्टराईले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend