काठमाडौं । तीन दिनको वार्ता र छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच आइतबार बिहान ७ बुँदे ऐतिहासिक सहमति भएको छ ।
बालेनलाई प्रधानमन्त्री स्वीकार गर्न रवि तयार भएपछि सहमति निष्कर्षमा पुगेको बताइएको छ । रविबिरुद्ध ४ ठाउँमा मद्दा विचाराधीन रहेकाले उनी प्रधानमन्त्री हुन नपाउने भएपछि उनले बालेनको नेतृत्व स्वीकार गरेका छन् ।
तर बालेन र रविको उक्त सहमतिमा केही दिनअघि वार्तास्थलको गेट चुकुल लगाएर दबाब दिने ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङ भने बाइपास भएका छन् ।
केही दिनअघि कुपण्डोलस्थित कुमार बेनको घरमा रवि र बालेनबीच वार्ता चलिरहेका बेला सुदन गुरुङले सहमति नजुट्दासम्म गेट नखोल्ने भन्दै ताला लगाएका थिए ।
तर आइतबार बिहान करिब ४ बजे सहमति हुँदा उनी वार्तास्थलमै उपस्थित थिएनन् । अनुसार सहमतिपत्रमा हस्ताक्षर हुँदा दुवै पक्षका १२–१३ जना मात्र सहभागी थिए । जेनजीको तर्फबाट केपी खनाल उपस्थित थिए भने कलाकार निश्चल बस्नेतसमेत सहभागी भएको बताइएको छ ।
तर वार्ताका बेला बाहिर ताला लगाएर दबाब दिने सुदन गुरुङ भने सो अवसरमा देखिएनन । सहमतिअनुसार दुई पक्षबीच एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ र पार्टी सभापतिमा रवि लामिछाने नै रहनेछन् ।
साथै आगामी प्रतिनिधिसभा निर्वाचनपछि भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सार्ने समझदारी भएको छ ।
रवि–बालेन सहमतिमा सुदन गुरुङ किन अनुपस्थिति रहे त्यो विषयमा कसैको प्रतिक्रिया आएको छैन । सुदनले पनि अहिलेसम्म रवि–बालेनको सहमतिमा केही बोलेका छैनन् ।
यस्तो छ बालेन–रबिबीच भएको सहमति

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend