युवराज बास्कोटा, मोरङ
हुने बा वा आमा नै हो । मूल नेतृत्वमा बा वा आमा जो–कोही रहनुहोला वा हुनुहोला ! किनभने हामीले नेतृत्वको लागि ७० वर्ष उमेर हद र नेतृत्व कायमको अवस्थालाई दुई कार्यकालपछि निवृत्ति लिनुपर्ने विषयलाई अलि पहिल्यै पोलेर खाइसकेका छौँ ।
यससम्बन्धी चर्चा चलाएर उर्जा खर्चनुपरेन अब । संसदीय लडाइँलाई वर्गअस्त्रका रूपमा ग्रहण गर्दै आएको हाम्रो पार्टी नेकपा (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशन (२०८२ मंसिर २७–२९) ले अध्ययन र मनन गर्ने विषय विद्यमान राजनीतिमा यतिमात्र होइन ।
प्रश्नोत्तर अभावका विषयहरू :
१. तल–तलसम्म अर्थात् बुथ–बुथमा भर्टिकल डिभिजन छ, हाकाहाकी र देखादेखी प्यानल बनेको छ र विषाक्त अभिव्यक्ति यहाँसम्म कि कतिपय बुथमा त हात हालाहालसमेत भएको छ ।
सामाजिक सञ्जालमा फेक आइडी बनाएर एकले अर्कोलाई होच्याउने, खुइल्याउने र तेजोबध गर्नेसम्मको काम भएको छ । परस्पर चिनिएको गुटगत गतिविधि र चिरिएको मानसिकताको वैज्ञानिक व्यवस्थापन कसरी गर्ने ? थप एउटा समस्या सिर्जित भएको छ ।
२. महाधिवेशनलाई प्रभावित तुल्याउन कतिपयबाट आफ्नो राजनीतिक हैसियत र प्राप्त राजकीयसत्ताको नग्न दुरुपयोग भएको छ । आश–त्रासबाहेक लोभ–लालच, आश्वासन–प्रलोभन आदि बाँडिएको छ । कार्यकर्ताको राजनीतिक जीवन, अविचलित योगदान, लगन, इमान, निष्ठा आदि पक्षलाई भन्दा पनि मनि र मसल्सलाई प्राथामिकतामा राखिएको छ । यो कायम रहे राज्यले आयोजना गर्ने चुनावमा प्रतिस्पर्धामा उभिएको शंक्तिसँग एमाले कसरी उत्रेला ? घोत्लनुपर्ने भएको छ ।
३. लोकप्रिय मतका हिसावले देशको पहिलो ठहरिएको पार्टी कार्यकर्ता आफ्नो महाधिवेशन प्रतिनिधि छनौट र नेतृत्व व्यवस्थापनको चुनावमा केही बुथस्थलका रूपमा अपवादबाहेक संगठित सदस्य संख्याको आधा अर्थात् ५० प्रतिशत मतदाताले पनि सहभागिता जनाएको छैन । यो बितृष्णाको कारण के हो ? सामाजिक मूल्यनिर्देशित राजनीतिक गतिविधिमा सामेल कायर्शकर्तामा यो अनास्था कसरी बढ्यो ? दीर्घकालीन महत्त्वको कोर्ष आरम्भ गर्नुपर्ने दौडको पहिलो आँखाले हेर्दा यसले के अर्थ राख्ला ? कस्तो प्रभाव पार्ला ? अनुत्तरित प्रश्नको उत्तर खोजिनु जरुरी छ ।
४. आइ लव यु बा र वी लव यु बा सुन्न असाध्यै कर्णप्रिय लाग्ने यो शब्दोच्चारणका साथ हायहाय कहलिएको हाम्रो नेतृत्वले निरन्तरता चाहँदा अर्को उत्तिकै ठूलो पंक्ति आफ्नो नेतृत्वको पुनर्गठनसहितको हस्तान्तरण चाहन्छ । पार्टीभित्रकै जनमत आफ्नो नेतृत्वको निरन्तरताको पक्षमा कायम रहन किन सकेन ? पार्टी कामसँग जोडिएको, राजनीतिक बैचारिक मुद्दामा प्रशिक्षित रहने र नियमित मिटिङ बैठकमा संलग्न रहने कार्यकर्ता पंक्ति स्वयं आफ्नो नेतृत्वको निरन्तरता उभिन सकेन भने आमरूपमा के होला ?
५. सिद्धान्ततः जब राजनीतिक बैचारिक हिसावले यसको नीतिगत व्यवस्था र विधिसम्मत परिपालनामा समस्या छैन भने नेतृत्वको लागि हानाथाप किन हुन्छ ? प्रश्न उठ्छ– दुई तीन कार्यकाल सरकारको समेत नेतृत्व गर्नुभएको पार्टी अध्यक्ष कमरेडले सम्पूर्ण रूपले विश्वास आर्जन गर्न किन सक्नुभएन ? विषय आफैंमा निकै गम्भीर छ । समाधान खोजिन र समाधान दिन जरुरी छ ।
कुनै एउटा बन्द कार्यकक्षमा बसेर अमुक एकजना नेता र नेतृत्वको एकोहोरो र निरपेक्ष देवत्वकरण भइरहँदा यसले पार्ने असरबारे सोचिनु जरुरी छ । सफल शल्यक्रियापछि पुनर्जीवन पाएको शारीरिक संरचनाको सक्रियताजस्तै हाम्रा शैली र तौरतरिकामाथि केस्रा केस्रा केलाउन र गम्भीर आत्मसमिक्षा हुन जरुरी छ । नत्र, हामीलाई सकिनबाट रोक्न कसैले सक्दैन । प्रतिनिधि चयनको प्रक्रिया पूरा गरेसँगै चयनित तपार्इं तमाम सहयोद्धा कमरेडसमक्ष बिशिष्ट कार्यसफलताको शुभेच्छास्वरुप समर्पित ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend