युवराज बास्कोटा, मोरङ
हुने बा वा आमा नै हो । मूल नेतृत्वमा बा वा आमा जो–कोही रहनुहोला वा हुनुहोला ! किनभने हामीले नेतृत्वको लागि ७० वर्ष उमेर हद र नेतृत्व कायमको अवस्थालाई दुई कार्यकालपछि निवृत्ति लिनुपर्ने विषयलाई अलि पहिल्यै पोलेर खाइसकेका छौँ ।
यससम्बन्धी चर्चा चलाएर उर्जा खर्चनुपरेन अब । संसदीय लडाइँलाई वर्गअस्त्रका रूपमा ग्रहण गर्दै आएको हाम्रो पार्टी नेकपा (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशन (२०८२ मंसिर २७–२९) ले अध्ययन र मनन गर्ने विषय विद्यमान राजनीतिमा यतिमात्र होइन ।
प्रश्नोत्तर अभावका विषयहरू :
१. तल–तलसम्म अर्थात् बुथ–बुथमा भर्टिकल डिभिजन छ, हाकाहाकी र देखादेखी प्यानल बनेको छ र विषाक्त अभिव्यक्ति यहाँसम्म कि कतिपय बुथमा त हात हालाहालसमेत भएको छ ।
सामाजिक सञ्जालमा फेक आइडी बनाएर एकले अर्कोलाई होच्याउने, खुइल्याउने र तेजोबध गर्नेसम्मको काम भएको छ । परस्पर चिनिएको गुटगत गतिविधि र चिरिएको मानसिकताको वैज्ञानिक व्यवस्थापन कसरी गर्ने ? थप एउटा समस्या सिर्जित भएको छ ।
२. महाधिवेशनलाई प्रभावित तुल्याउन कतिपयबाट आफ्नो राजनीतिक हैसियत र प्राप्त राजकीयसत्ताको नग्न दुरुपयोग भएको छ । आश–त्रासबाहेक लोभ–लालच, आश्वासन–प्रलोभन आदि बाँडिएको छ । कार्यकर्ताको राजनीतिक जीवन, अविचलित योगदान, लगन, इमान, निष्ठा आदि पक्षलाई भन्दा पनि मनि र मसल्सलाई प्राथामिकतामा राखिएको छ । यो कायम रहे राज्यले आयोजना गर्ने चुनावमा प्रतिस्पर्धामा उभिएको शंक्तिसँग एमाले कसरी उत्रेला ? घोत्लनुपर्ने भएको छ ।
३. लोकप्रिय मतका हिसावले देशको पहिलो ठहरिएको पार्टी कार्यकर्ता आफ्नो महाधिवेशन प्रतिनिधि छनौट र नेतृत्व व्यवस्थापनको चुनावमा केही बुथस्थलका रूपमा अपवादबाहेक संगठित सदस्य संख्याको आधा अर्थात् ५० प्रतिशत मतदाताले पनि सहभागिता जनाएको छैन । यो बितृष्णाको कारण के हो ? सामाजिक मूल्यनिर्देशित राजनीतिक गतिविधिमा सामेल कायर्शकर्तामा यो अनास्था कसरी बढ्यो ? दीर्घकालीन महत्त्वको कोर्ष आरम्भ गर्नुपर्ने दौडको पहिलो आँखाले हेर्दा यसले के अर्थ राख्ला ? कस्तो प्रभाव पार्ला ? अनुत्तरित प्रश्नको उत्तर खोजिनु जरुरी छ ।
४. आइ लव यु बा र वी लव यु बा सुन्न असाध्यै कर्णप्रिय लाग्ने यो शब्दोच्चारणका साथ हायहाय कहलिएको हाम्रो नेतृत्वले निरन्तरता चाहँदा अर्को उत्तिकै ठूलो पंक्ति आफ्नो नेतृत्वको पुनर्गठनसहितको हस्तान्तरण चाहन्छ । पार्टीभित्रकै जनमत आफ्नो नेतृत्वको निरन्तरताको पक्षमा कायम रहन किन सकेन ? पार्टी कामसँग जोडिएको, राजनीतिक बैचारिक मुद्दामा प्रशिक्षित रहने र नियमित मिटिङ बैठकमा संलग्न रहने कार्यकर्ता पंक्ति स्वयं आफ्नो नेतृत्वको निरन्तरता उभिन सकेन भने आमरूपमा के होला ?
५. सिद्धान्ततः जब राजनीतिक बैचारिक हिसावले यसको नीतिगत व्यवस्था र विधिसम्मत परिपालनामा समस्या छैन भने नेतृत्वको लागि हानाथाप किन हुन्छ ? प्रश्न उठ्छ– दुई तीन कार्यकाल सरकारको समेत नेतृत्व गर्नुभएको पार्टी अध्यक्ष कमरेडले सम्पूर्ण रूपले विश्वास आर्जन गर्न किन सक्नुभएन ? विषय आफैंमा निकै गम्भीर छ । समाधान खोजिन र समाधान दिन जरुरी छ ।
कुनै एउटा बन्द कार्यकक्षमा बसेर अमुक एकजना नेता र नेतृत्वको एकोहोरो र निरपेक्ष देवत्वकरण भइरहँदा यसले पार्ने असरबारे सोचिनु जरुरी छ । सफल शल्यक्रियापछि पुनर्जीवन पाएको शारीरिक संरचनाको सक्रियताजस्तै हाम्रा शैली र तौरतरिकामाथि केस्रा केस्रा केलाउन र गम्भीर आत्मसमिक्षा हुन जरुरी छ । नत्र, हामीलाई सकिनबाट रोक्न कसैले सक्दैन । प्रतिनिधि चयनको प्रक्रिया पूरा गरेसँगै चयनित तपार्इं तमाम सहयोद्धा कमरेडसमक्ष बिशिष्ट कार्यसफलताको शुभेच्छास्वरुप समर्पित ।
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend