काठमाडौं । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिसम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौंमै फिर्ता पठाएको छ । परिसरले ओली र लेखकबिरुद्ध परेको जाहेरी आयोगमा पठाएको थियो ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै फौजदारी अपराधसम्बन्धी अनुसन्धान गर्ने अधिकार आयोगको कार्यक्षेत्रमा नपर्ने भएकाले सो जाहेरी प्रहरीमै पठाइएको जानकारी दिएको हो ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान, तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन ।’

गएको असोज २१ गते आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासहित चार जनाले आयोगमा जाहेरी दिएका थिए । जाहेरीमा ओली र लेखकमाथि मानवताविरुद्धको अपराध र राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न माग गरिएको थियो ।
आयोगले आफ्नो भूमिका भौतिक तथा मानवीय क्षतिको यथार्थ पत्ता लगाउने, घटनाको कारण पहिचान गर्ने र आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्नेमा सीमित हुने स्पष्ट पारेको छ । साथै, फौजदारी अपराधसम्बन्धी अनुसन्धान गर्नका लागि आयोगको प्रतिवेदन कुर्न आवश्यक नपर्ने पनि बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्नु नपर्ने व्यहोराको जाहेरी, निवेदन र कागजात जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाइएका छन् ।’
जेनजी आन्दोलनका क्रममा काठमाडौंमा भएको झडपमा ठूलो धनजनको क्षति भएको थियो भने थुप्रै घाइते भएका थिए । त्यस घटनापछि सरकारले छानबिनका लागि गौरीबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend