काठमाडौं । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिसम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौंमै फिर्ता पठाएको छ । परिसरले ओली र लेखकबिरुद्ध परेको जाहेरी आयोगमा पठाएको थियो ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै फौजदारी अपराधसम्बन्धी अनुसन्धान गर्ने अधिकार आयोगको कार्यक्षेत्रमा नपर्ने भएकाले सो जाहेरी प्रहरीमै पठाइएको जानकारी दिएको हो ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान, तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन ।’

गएको असोज २१ गते आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासहित चार जनाले आयोगमा जाहेरी दिएका थिए । जाहेरीमा ओली र लेखकमाथि मानवताविरुद्धको अपराध र राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न माग गरिएको थियो ।
आयोगले आफ्नो भूमिका भौतिक तथा मानवीय क्षतिको यथार्थ पत्ता लगाउने, घटनाको कारण पहिचान गर्ने र आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्नेमा सीमित हुने स्पष्ट पारेको छ । साथै, फौजदारी अपराधसम्बन्धी अनुसन्धान गर्नका लागि आयोगको प्रतिवेदन कुर्न आवश्यक नपर्ने पनि बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्नु नपर्ने व्यहोराको जाहेरी, निवेदन र कागजात जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाइएका छन् ।’
जेनजी आन्दोलनका क्रममा काठमाडौंमा भएको झडपमा ठूलो धनजनको क्षति भएको थियो भने थुप्रै घाइते भएका थिए । त्यस घटनापछि सरकारले छानबिनका लागि गौरीबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend