सम्राट उपाध्याय
काठमाडौं । प्रजातन्त्र अर्थात् लोकतन्त्र भनेको जनताको लागि, जनताद्वारा, जनताकै शासन हो । तर २०६२–०६३ मा १७ हजार नेपाली जनताको बलिदानपछि प्राप्त लोकतन्त्रमा जनताको शासन हुन सकेन । देशको प्रमुख कार्यकारी पदमा पुगेका एकाध बाहेकका नेताका भाइभतिजा, छोराछोरी नै शासन सत्ताका हर्ताकर्ता बन्न पुगे । तिनीहरुले नै सत्ताको दुरुपयोग गरे । बाबु, काका भिनाजु सत्तामा पुग्दा नवराजकुमार, नवराजकुमारीहरु हावी भए ।
बालुवाटार कब्जा गरेर बसेका प्रधानमन्त्रीका भाइभतिजा, छोरीबुहारी र सालासालीले पार्टीका पदाधिकारीलाई घन्टौं कुराउने तर बिचौलिया र तस्करहरुलाई सहजै प्रधानमन्त्रीसँग भेट्टाउने गरेका धेरै उदाहरण पाउन सकिन्छ । पार्टीका पदाधिकारीले सरकारले गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिन गए पनि तिनै राजकुमार, राजकुमारीहरुले उनीहरुलाई भन्दा बढी बदनाम बिचौलियाहरुलाई महत्व दिंदा अपमानबोध गर्दै नेताहरु भेट्नै नपाई फर्कनुपरेका एक होइन, धेरै दृष्टान्त धेरै पाउन सकिन्छ ।
तीन ठूला दल नेपाली कांग्रेस, एमाले र नेकपा(माओवादी)लाई जनताबाट टाढा पुर्याउन र सत्ताको दुरुपयोग गरी पार्टीको बदनाम गराउने मुख्य भूमिका उनीहरुकै सचिवालयमा राखिएका राजकुमार, राजकुमारीहरुले गरेको घामजत्तिकै छर्लङ्ग छ । कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा भानु देउवाले पार्टीका नेताहरुलाई भन्दा बढी बिचौलिया र ठेकेदारहरुलाई महत्व दिएका एक होइन, अनेक उदाहरण कांग्रेस नेताहरुले नै सुनाउने गरेका छन् ।
भानुले देउवा ५ पटक प्रधानमन्त्री हुँदा नायबी नै चलाएका थिए । भानुले सत्ताको यति दुरुपयोग गरेका थिए कि देउवा प्रधानमन्त्री हुँदा बहिनीज्वाइँ दीपेन्द्र कुँवरलाई एसपीबाट एसएसपी बढुवा गर्न हदैसम्मको दबाब दिएका थिए । प्रधानमन्त्री देउवाले कनिष्टलाई बढुवा गर्दा असन्तुष्टि बढ्छ भने नगर्न भन्दाभन्दै पनि नियमावली नै परिवर्तन गरी एसएसपी बढुवा गराएका थिए ।
डीआईजी बढुवा ७ महिना रोकेर ज्वाईँलाई नै गराएर छाडे । ०५६ सालतिर सामान्य मोटरसाइकलमा ओहोरदोहोर गर्ने भानुसँग आज चपलीमा दसौं करोडको बंगला, महंगा गाडीदेखि जग्गाजमिनको हिसाबकिताव नै गरिसाध्य नहुने रहेको कांग्रेसजन नै बताउँछन् । शेरबहादुरको नायबी चलाएर भानुले विवादास्पद ब्यापारी, बिचौलियाहरुका काममात्र गर्ने गरेका थिए ।
सत्ताको दुरुपयोग गरी लोकतन्त्रको बदनाम गराउने प्रमुख पात्रहरुमा भर्खरै जेनजी समूहको प्रदर्शनपछि पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको नाम पनि अग्रपंक्तिमा आउँछ । नेकपा (एमाले)को नाममा जनताले दिएको मतबाट प्रधानमन्त्री भएका ओलीका स्वकीय सचिव बज्राचार्य पार्टीका केन्द्रीय सदस्य, स्थायी समिति सदस्य, पदाधिकारीभन्दा शक्तिशाली भएकैले बालुवाटारमा उनको बोलवाला थियो ।
नियुक्ति, ठेक्कापट्टा, लाइसेन्स, तस्करीको नेटवर्क चलाउने बिचौलियाहरु उनलाई खुसी पार्ने र काम फत्ते गर्ने गर्थे । प्रधानमन्त्रीको बेडसम्म पहुँच राख्ने लोकबहादुर भण्डारी, रमेश सिलवाल, द्विराज शर्मा शिवाकोटीहरुले जथाभावी विदेशी विश्वबिद्यालयलाई सम्बन्धन दिन दबाब दिंदा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा नै दिनुपरेको थियो । यस्तै विचौलिया र विवादास्पद ब्यक्तिहरुलाई बालुवाटारमा सहज पहुँच दिने, नेताहरु टाढिनाले गर्दा एमाले जनताबाट टाढा हुँदै गयो, युवापुस्तामा चरम नैराश्यता पैदा हुन पुग्यो । देशलाई भित्रभित्रै खोक्रो पार्ने धमिराका रुपमा यस्ता बिचौलियालाई हरदिन बालुवाटारमा प्रधानमन्त्रीसम्म पहुँच दिने काम बज्राचार्यले गर्दैआएका थिए । फलतः जेनजी समूह जन्मिनुमा यी र यस्ता धेरै कारण छन् ।
बज्राचार्यसँग सामीप्यता बढाएर उनको आडमा धेरै लाभ लिने बिचौलियामध्ये नवीन बस्नेत एक हुन् । राजेशलाई खुसी पार्न उनकी बहिनीको नाममा पेप्सीकोलामा एक मार्ट नै खोलिदिएको एमालेबृत्तमै चर्चा हुने गरेको छ ।
बस्नेत तिनै हुन् जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे, पोखरा विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेदेखि लाइटिङका अरबौंका ठेक्का नागरिक उड्डउन प्राधिकरणका डीजी प्रदीप अधिकारीसँग मिलेर सेटिङमा हत्याएका थिए । पहिला क्षमादेवी कन्ष्ट्रक्सन र पछि आशिष निर्माण सेवालाई ठेक्का मिलाउने काम गरी उनले बीसौं करोड अकूत सम्पत्ति आर्जन गरेका थिए । देशलाई कंगाल बनाउने र जनताको करको बजेटमा अरबौंको सेटिङ गर्ने यस्ता बिचौलियालाई जेन–जी पुस्ताले पहिचान गरी यस्ता भ्रष्टाचारको छानबिन हुनुपर्ने जरुरी छ ।
नेपालमा चीनबाट अरबौंको भेप, तेस्रो मुलुकबाट केराउ, पोस्तादानासहित सुन तस्करीमा समेत मुछिएका त्रिभुवन साह भन्ने पवनकुमार साहलाई बस्नेतले नै संरक्षण गर्ने गरेका छन् ।
नवीन बस्नेतले नै पवनकुमार साहको सत्यम् एग्रोको नाममा बाणिज्य बिभागका महानिर्देशक कुमारप्रसाद दाहाल र लेखा अधिकृत प्रल्हाद सापकोटाको हस्ताक्षर कीर्ते गरी केराउ र पोस्तादाना आयातको अनुमतिपत्र बनाएर अरबौंको आयात गरिएको खुलेको छ । २ बर्षअघि नै सरकारले पोस्तादाना र हरियो केराउको आयात रोकेको अवस्थामा आफ्नो कीर्ते हस्ताक्षर गरी अनुमतिपत्र बनाएको पत्तो पाएपछि दाहालले साह–जलान समूहको पत्रकार सम्मेलन गरी पर्दाफास गरिदिएका थिए ।
दाहालले केराउ र पोस्तादाना आयातको कीर्ते अनुमतिपत्र बनाएको थाहा पाएपछि भन्सार कार्यालयमा खबर गरी रोकेका थिए । उक्त कीर्ते अनुमति बनाएर पोस्तादाना र केराउ आयात गर्ने पवनकुमार साह र रमेश जलानलाई पक्राउ गरी कारबाही गर्न सीआईबीलाई पत्र लेखेका थिए । तर सीआईबीले अहिलेसम्म साह र जलानलाई पक्राउ गरेको छैन । बस्नेतले नै सीआईबीलाई दबाब दिएर साहलाई पक्राउ गर्नबाट रोकेका छन् । साहले पक्राउ परेमा नवीन बस्नेत र राजेशको नाम बताउने भनेपछि जसरी हुन्छ बाणिज्य बिभागको कीर्ते अनुमति प्रकरणमा सीआईबीमा ढिसमिस पार्ने चलखेल भइरहेको छ ।
बस्नेतले ठेकेदार, ब्यापारीहरुलाई अख्तियार प्रमुख प्रेमकुमार राईले पठाएको भन्दै म्यासेज देखाएर समेत धेरैलाई तर्साउने गरेको आरोप छ । बाणिज्य बिभागको केराउ र पोस्तादाना आयातको कीर्ते अनुमतिसमेत बनाउने बस्नेतले राईको म्यासेज पनि नक्कली बनाएर देखाएका हुन् कि यथार्थ हो त्यो भने छानबिनकै बिषय हो ।
यसैगरी, प्रधानमन्त्री हुँदा सत्ताको दुरुपयोग गरी माओवादीलाई जनताबाट अलग बनाउने पात्र हुन्, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री गंगा दाहाल । प्रचण्ड प्रधानमन्त्री हुँदा बालुवाटारमा उनकै हैकम चल्ने गरेको थियो । सिल्क ट्रान्सपोर्टको नाममा चीनबाट सुनदेखि भेप तस्करी गर्ने रमेश शेर्पादेखि दीपक भट्टहरुलाई बालुवाटारमा सहज पहुँच पुग्ने तर माओवादीका आम नेता कार्यकर्ताले भेट्न नपाउने स्थिति थियो । शेर्पाले त त्यतिबेला बालुवाटारमा २ वटा बीआईडी गाडी उपहार दिएर तस्करीको नेटवर्क चलाउने लाइन पाएको बिषयमा समाचार समेत प्रकाशित भएका थिए ।
गंगाले सत्ताको चरम दुरुपयोग गरेको टुलुटुलु हेर्न नसक्ने भएपछि प्रधानमन्त्रीको सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा नै दिनुपरेको थियो । बिचौलियाले उपहारमा दिएका लाखौं लाख मूल्य पर्ने महंगा ब्रान्डका लुगा, ब्याग, घडी, चस्मा लगाउने प्रबृत्तिले पनि जनयुद्धमा शहीद भएकाहरुको परिवार, बेपत्ता परिवार, आमजनता सबैबाट माओवादी टाढिन पुग्यो ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend