Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • हाम्राविरुद्ध मिडिया ट्रायल भइरहेको छ, दुष्प्रचार गर्नेलाई कडा कारबाही होस् : गंगा दाहाल


    शुक्रबार, जेष्ठ २९ २०८३
    340
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले आफू र आफ्नो परिवारका बिरुद्ध योजनाबद्ध रुपमा मिडिया ट्रायल भएको बताएकी छन् ।

    दाहालले नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट फैलाइएका आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण दुष्प्रचारलाई खारेज गरेकी छन् । उनको प्रश्न छ–‘राजनीतिक पूर्वाग्रह राखेर सामाजिक सञ्जालको दुरुपयोग गरी बारम्बार बदनाम गर्ने काम आखिर किन भइरहेको छ ?’ दाहालले नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै दुष्प्रचार गरेर समाजमा भ्रम सिर्जना गर्ने जोकोहीलाई कानुनबमोजिम कडा कारबाहीको माग गरेकी छन् ।

    प्रचण्ड प्रधानमन्त्री हुँदा उनको प्रमुख स्वकीय सचिवसमेत रहेकी गंगाले सामाजिक संजालमा लेखेकी छन्–‘विगत केही दिनदेखि म र मेरो परिवारविरुद्ध योजनाबद्ध रूपमा चलाइएको ‘मिडिया ट्रायल’ प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

    नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट फैलाइएका आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण दुष्प्रचारलाई म पूर्णरूपमा खारेज गर्दछु । राजनीतिक पूर्वाग्रह राखेर सामाजिक सञ्जालको दुरुपयोग गरी बारम्बार बदनाम गर्ने काम आखिर किन भइरहेको छ ? म नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, यस्ता दुष्प्रचार गरेर समाजमा भ्रम सिर्जना गर्ने जोकोहीलाई कानुनबमोजिम कडा कारबाहीको माग गर्दछु !

    मैले भाइ प्रकाशको असामयिक निधनपछि पार्टीकै निर्णयबमोजिम नेतृत्वलाई सहयोग गर्दै आएको यथार्थ सर्वविदित नै छ । व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नराखी मैले आफ्नो सम्पूर्ण ऊर्जा, समय र क्षमता पार्टी तथा नेतृत्वको हितमा समर्पित गर्दै आएकी छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार