Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक


    बिहिबार, भाद्र २५ २०८३
    105
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ।

    सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयबारे जानकारी दिएका हुन्।

    मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा। हरिप्रसाद लम्साललाई नियुक्त गर्ने निर्णय गरेको छ। आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा तथा महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय पनि भएको छ।

    बैठकले अनुचित लेनदेन अर्थात् मिटर ब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

    त्यस्तै, काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका २७ स्थानीय तहमा रहेका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

    प्रशासनिकतर्फ सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरी प्रदेशका प्रमुख सचिवको जिम्मेवारी दिएको छ। सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने निर्णय भएको छ।

    त्यस्तै, सहसचिव उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

    मन्त्रिपरिषद्ले नेपाल-भारत अन्तर सरकारी उपसमिति (आईजीएससी)को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।

    यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत गरिएको छ। रिक्त भएको मन्त्री पदमा सुनसरी(४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद दीपककुमार साहको नाम नियुक्तिका लागि सिफारिस गरिएको पनि सरकारले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार