काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ ।
स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै सामाजिक सञ्जालबाट गजेन्द्रनारायण सिंह अस्पताललाई स्पष्टिकरण मागिएको जानकारी दिएकी हुन् ।
उक्त घटनालाई मन्त्रालयले निकै गम्भीरतापूर्वक लिएको र सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइसकिएको उनको भनाइ छ । छानबिन निष्पक्ष हुने र घटनाको वास्तविकता छिट्टै बाहिर ल्याइने मन्त्री मेहताले स्पष्ट पारेकी छन् ।
छानबिनका क्रममा स्वास्थ्यकर्मी वा अस्पताल प्रशासनको तर्फबाट कुनै पनि प्रकारको गल्ती वा लापरबाही देखिएमा सम्बन्धित जो–कोहीलाई पनि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्री मेहताले चेतावनी दिएकी छन् ।
प्रत्येक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै उनले भनेकी छन्, ‘स्वास्थ्य सेवामा नागरिकको विश्वास र अधिकारप्रति मन्त्रालय सदैव संवेदनशील र प्रतिबद्ध छ ।’
अस्पताल पुगेकी गर्भवती महिलाले समयमै भर्ना र उपचार नपाएर अस्पताल परिसरबाहिरै खुला ठाउँमा बच्चा जन्माउनु परेको भिडियो तथा समाचार सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेका बेला स्वास्थ्यमन्त्रीको यस्तो प्रतिक्रिया र कदम आएको हो ।
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्। आफूनिकट काँग्रेस नेताहरूको टोलीसहित नुवाकोट पुगेका देउवाले प्रभावित क्षेत्रको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend