काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले हजारौ सहिदको रगत साटेर बनाएको संविधान र कानुनबमोजिम, जुनसुकै निकायले गर्ने कानुनी छानबिनका लागि आफू र आफ्नो परिवार सदैव तयार रहेको बताएकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्व प्रधानमन्त्री प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवाका स्वकीय सचिवालयमा कार्यरत रहेका गंगा दाहाल, राजेश बज्राचार्य र भानु देउवाको सम्पत्ति छानबिन गरिरहेको समाचार आइरहेका छन् । यसरी समाचार आएपछि गंगा दाहालले बेला–बेलामा यस्ता अफवाह किन फैलाइन्छन् ? भन्ने प्रश्न गरेकी छन् । यस्ता अफवाह कुन उद्देश्यका साथ फैलाइन्छन् ? म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, उनले सामाजिक संजालमा लेखेकी छन्–
नमस्कार,
समाज परिवर्तनको क्रान्तिमा होमिएको हाम्रो बाल्यकाल असामान्य ढंगले बित्यो । भोलिको बिहानीको आशासमेत नगरी अनेकौँ रातहरू बिताएका हामीले आज सुन्नै नसकिने आरोप सार्वजनिक रुपमै सुन्नुपर्दा दुःख लागेको छ र गम्भीर ध्यानाकर्षण पनि भएको छ ।
केही समयअघिसम्म चर्कोे स्वरमा भनियो, ‘फलानोसँग दुबईमा ४० अर्ब छ, नेपालका ठूला घरजग्गा यिनीहरूकै हुन्, भाटभटेनी र अरू कति–कति सबै यिनीहरूकै हुन्’ हामी चुप बस्यौँ, लाग्यो ‘नजाने गाउँको बाटै नसोध्नु ।’
तर अब बोल्नैपर्ने भयो । राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला १ कुनै पनि आरोप पुष्टि नभएपछि बजारमा अहिले ४० अर्बको ठाउँमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ । म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन् ? हेक्का रहोस् सत्य अन्ततः सत्य नै हुन्छ ।
मैले पटक–पटक भनिरहेकी छु, हामीले हजारौ सहिदको रगत साटेर बनाएको संविधान र कानुनबमोजिम, जुनसुकै निकायले गर्ने कानुनी छानबिनका लागि म र मेरो परिवार सदैव तयार छौँ । तर फेरि पनि बेला–बेलामा यस्ता अफवाह किन फैलाइन्छन् ? कुन उद्देश्यका साथ फैलाइन्छन् ? म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ । हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन, राम्रोसँग थाहा छ । हामी मृत्युवरण गर्छौं तर जनतालाई धोका दिन सक्दैनौ यही नै हाम्रो स्कुलिङ हो । आफ्नो व्यक्तिगत जीवनसमेत नभनी मैले मेरो बुवालाई छोरीको नाताले सहयोग गर्नु नै मेरो अपराध हो त ? म यस समाजका अगुवाहरूलाई प्रश्न गर्न चाहन्छु । म हरेक आमा बुवालाई प्रश्न गर्न चाहन्छु ।
हामीबाट कुनै आर्थिक गलत गतिविधि र पदको दुरुपयोग भएको छैन र भोलिका दिनमा पनि हुनेछैन । म फेरि पनि स्मरण गराउन चाहन्छु कि हामीले हाम्रो सम्पत्ति विवरण सरकार समक्ष केही समयअघि नै बुझाइसकेका छौं ।
सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि हाम्रो सहयोग रहनेछ, गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौं । तर बिनाकारण र बिना गल्तीको आरोप स्वीकार्य छैन । यी सबै खाले आरोप म अस्वीकार गर्दछु ।
म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुनै पनि भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend