Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • बाढी प्रभावित क्षेत्र पुगेर देउवाले भने- ‘सरकारको काम बुझ्न आएको हुँ’


    बिहिबार, भाद्र २५ २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्।

    आफूनिकट काँग्रेस नेताहरूको टोलीसहित नुवाकोट पुगेका देउवाले प्रभावित क्षेत्रको अवस्था, सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार र राहतका कामबारे स्थलगत जानकारी लिन भ्रमण गरेको बताएका छन्।

    देउवासँगै काँग्रेस नेताहरू डा.शशांक कोइराला, डा. प्रकाश शरण महत, एनपी साउद र मोहनबहादुर बस्नेतलगायत नुवाकोट पुगेका छन्।

    प्रभावित क्षेत्रको निरीक्षणमा जानुअघि देउवाले नुवाकोटस्थित काँग्रेस पार्टी कार्यालयमा स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गरेका थिए। छलफलका क्रममा उनले विपदबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

    उनले प्रभावित क्षेत्रमा पुनर्निर्माणको कामलाई समेत प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखे।

    स्थलगत निरीक्षणको उद्देश्य सरकारबाट भइरहेको कामको अवस्था बुझ्नु रहेको उल्लेख गर्दै देउवाले विपदबाट प्रभावित नागरिकप्रति सरकार संवेदनशील हुनुपर्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार