काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्।
आफूनिकट काँग्रेस नेताहरूको टोलीसहित नुवाकोट पुगेका देउवाले प्रभावित क्षेत्रको अवस्था, सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार र राहतका कामबारे स्थलगत जानकारी लिन भ्रमण गरेको बताएका छन्।
देउवासँगै काँग्रेस नेताहरू डा.शशांक कोइराला, डा. प्रकाश शरण महत, एनपी साउद र मोहनबहादुर बस्नेतलगायत नुवाकोट पुगेका छन्।
प्रभावित क्षेत्रको निरीक्षणमा जानुअघि देउवाले नुवाकोटस्थित काँग्रेस पार्टी कार्यालयमा स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गरेका थिए। छलफलका क्रममा उनले विपदबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले प्रभावित क्षेत्रमा पुनर्निर्माणको कामलाई समेत प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखे।
स्थलगत निरीक्षणको उद्देश्य सरकारबाट भइरहेको कामको अवस्था बुझ्नु रहेको उल्लेख गर्दै देउवाले विपदबाट प्रभावित नागरिकप्रति सरकार संवेदनशील हुनुपर्ने बताए।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend