काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज प्रस्थान गर्ने भएको छ। मन्त्रालयको तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख तथा महिला तथा प्रसूति रोग विशेषज्ञ डा.पवनजंग राईमाझी समेत छानबिनका लागि टोलीसँगै आजै राजविराज जाने हुनु भएको छ।
मन्त्रालयले अस्पताललाई घटनाका सम्बन्धमा स्पष्टीकरणसमेत सोधेको छ। घटनाको स्थलगत छानबिन गरी सत्यतथ्य बाहिर ल्याइने र छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।
घटनाबारे अस्पतालले समेत छुट्टै छानबिन समिति गठन गर्ने भएको छ। स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनाको गम्भीरतापूर्वक अध्ययन तथा आवश्यक छानबिन अघि बढाइरहेको जनाएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्। आफूनिकट काँग्रेस नेताहरूको टोलीसहित नुवाकोट पुगेका देउवाले प्रभावित क्षेत्रको...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। बुधबार प्रतिनिधि...
काठमाडौँ। आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको...
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend