बिदुर । त्रिशुली अस्पताल नुवाकोटमा उपकरणदेखि औषधि खरिद सेटिङमा हुँदैआएको छ । सस्तो उपकरण महंगो मूल्यमा खरिद गर्ने र जडानमा समेत कमिसनको खेल हुँदैआएको छ ।
त्रिशुली अस्पतालले सर्जरी गर्दा आवश्यक पर्ने जीए मेसिन र युएसजी अल्ट्रासाउन्ड मेसिन खरिद सेटिङमा गरिएको छ । त्रिशुली अस्पतालका अस्पताल निर्देशक डा. राजेन्द्र लामाले जीए मेसिन सेटिङमा बबिरा मल्टीप्रपोज सप्लायर्स प्रालिलाई दिएका छन् । लामाले उक्त कम्पनीका संचालक जापानीकुमार बमलाई भ्याटबाहेक ३७ लाखमा जीए मेसिनको आपूर्तिको ठेक्का दिएका छन् ।
त्यस्तै, अल्ट्रासाउन्ड मेसिन इन्भेट्रो ट्रेड कन्सर्न प्रालिका समीर गौतमलाई दिइएको छ । अल्ट्रासाउन्ड मेसिन २७ लाख रुपैयाँमा खरिद गरिएको छ ।
त्यसैगरी, अस्पताल निर्देशक लामाले ल्याबका लागि आवश्यक पर्ने मेसिन र सामान खरिदका लागि गोपाल गुप्तासँग सेटिङ मिलाइसकेका छन् । औषधि खरिदको लागि गोसाइकुण्ड कम्पनीसँग मिलेमतोमा गर्न लागिएको छ ।
त्रिशुली अस्पतालका लागि उपकरणदेखि औषधि खरिद सेटिङमा गरिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । आयोगले छानबिन पनि सुरु गरिसकेको छ ।
शक्तिको आडमा टिकिराख्ने प्रवृत्ति डा. लामामा देखिएको छ । उनलाई त्रिशुली अस्पताल नुवाकोटमै टिकाइराख्न उपकरणदेखि औषधि सप्लायर्सका बिचौलियाले नै लगानी गरेका छन् । स्वार्थ समूह अस्पतालमा हावी हुँदा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड हुँदैआएको छ ।
डा. लामालाई त्रिशुली अस्पतालको निर्देशकमा डेढ बर्षअघि तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पठाएका थिए । जम्कट्टेलपछि आएका मुख्यमन्त्री बहादुरसिंह लामासँग पनि सेटिङ मिलाएर उनी अस्पतालको निर्देशकमा कायमै छन् । मुख्यमन्त्री बहादुरसिंह लामाको पद धरापमा परेसँगै उनलाई नुवाकोटमैं टिकाइराख्Þन बिचौलिया फेरि सलबलाएका छन् ।
उपकरण र औषधि खरिदमा भएको अनियमितताबारेमा अस्पताल निर्देशक डा. राजेन्द्र लामाको प्रतिक्रिया यस्तो छ–‘त्यस्तो सेटिङ भएको छैन । आरोपहरु लाउँछन् । कागजी प्रक्रिया पुर्याएर खरिद गरेका छौं ।’
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend