Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • गुम्बाभित्रै चोरीका सामान, जहाँ प्रहरीकै कार्यालय र ब्यारेक पनि छ


    शुक्रबार, साउन २ २०८२
    1.9K
    Shares
    ठेकुग गुम्बा, याङ्जेर गुम्बा र मार्कुम गुम्बा
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • डोल्पा । सुरक्षाका लागि प्रहरीको बास गुम्बामा छ । त्यही गुम्बाभित्र अर्को गुम्बाबाट हराएका र चोरी भएका सामान थुप्रिएका छन् । हेरोस् कसले ?

    उपल्लो डोल्पाको निजाल गाउँमा परापूर्वक गुम्बा छन् । हजार बर्ष पुरानो मार्कुम र ८ सय बर्ष पुरानो याङ्जेर गुम्बाका कतिपय मूर्ति र सामान अहिले ठेकुग गुम्बामा छन् ।

    २०६४ फागुन ३० गते सार्वजनिक गुम्बाका रुपमा दर्ता भए पनि एउटा परिवारको पकडमा रहेको ठेकुग होसाल लिङ गुम्बा शे–फोक्सुण्डो गाउँपालिका– १, निजालमा अवस्थित छ । दर्ता नम्बर १९४८ हो । त्यहीँबाट सीमा प्रहरी कार्यालय र प्रहरी आवास सञ्चालन भइरहेको छ । प्रहरीको अलग्गै भवन नहुँदा त्यहाँ बस्न बाध्य भएको हो ।

    जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएअनुसार, कुनै सामान कतैबाट हराएको वा चोरी भएको भनी उजुरी वा जाहेरी नआउँदासम्म आफूहरुसँग त्यसको अनुसन्धान गर्ने आधार नहुने बताउँछन् । ‘हालसालै त्यस्तो कुनै घटना भएको भए हामीलाई थाहा हुन्थ्यो, पुरानो कुरा पो हो कि ?’ अनुसन्धानरत एक प्रहरीले भने ।

    ‘डोल्पो बुद्ध’ उपाधि प्राप्त रानक रिम्पोछे ९ उर्वा टासी गुरुङका अनुसार धेरै बर्ष पहिले याङ्जेर र मार्कुम गुम्बाका सामान त्यहाँ लागिएको आफूले सुनेको भए पनि दावी गर्नका निम्ति कुनै प्रमाण नभएको बताउँछन् । उनी तिब्बतको सीमावर्ती गाउँसँगै जोडिएको याङ्जेर गुम्बाका मूल पूजारी हुन् ।

    ठेकुग गुम्बा सोनाम धिर्मे लामाको नाममा दर्ता छ । बाजे छिमे ग्याल्जेन लामा पहिला याङ्जेर गुम्बाको रेखदेखसहित गर्नेसहित पुजारीका रुपमा रहेका थिए । पछि उनका नाति तथा सोनाम धिर्मेका छोरा सोनाम छिमेको नाममा गुम्बाको नामसारी दर्ता गरियो । अहिले त्यहाँ सोनामका भाइ छुल्डिम ग्याल्जेन लामा बस्छन् ।

    यद्यपि, ठेकुग गुम्बा औपचारिक रुपमा गुम्बाका रुपमा नरहेको रानक रिम्पोछेको भनाइ छ । उनका अनुसार, गुम्बा हुनका लागि आवश्यक पर्ने धार्मिक र सांस्कृतिक मापदण्ड त्यसले पूरा गरेको छैन ।

    बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अभिलेखमा सामुदायिक गुम्बाका रुपमा सूचिकृत हुँदाहुँदै व्यक्तिगत रुपमा प्रयोग भए कानुनी कारवाहीको व्यवस्था छ । ठेकुग गुम्बा एक परिवारले

    मनोमानीपूर्वक चलाएको र त्यस गुम्बाका बहुमूल्य सामान हिनामिना भएको भनी विकास समितिमा उजुरी परेको समितिका एक अधिकृतले बताए । त्यस विषयमा छानबिन गर्न डोल्पास्थित जिल्ला प्रशासन कार्यालय र शिक्षा समितिमा पत्राचार गरिने उनले बताए ।

    यदि सामान हिनामिना भएको भए पुरातात्त्विक वस्तुको संरक्षण गर्ने कानुनबमोजिम कारबाही हुने समितिका पदाधिकारी बताउँछन् । ‘यो विषय जघन्य अपराधअन्तर्गतको हो, संगठित रुपमा पुरातात्त्विक सामान हिनामिना गरिएको अर्थमा बुझ्ने गरिन्छु’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार