काठमाडौं । नेपाल शैक्षिक परामर्श ब्यवसायी संघ( इक्यान)का पूर्वअध्यक्ष प्रकाश पाण्डेले अबैध रुपमा शैक्षिक परामर्श प्रदान गर्ने कन्सलटेन्सी संचालन गर्दैआएको खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संचालन गर्ने संस्थाहरुको अनुगमन गर्ने क्रममा पाण्डेले संचालन गर्दैआएको मेट्स एजुकेशन प्रालि लगायतका १५ वटा संस्था अबैध रुपमा संचालन भइरहेको भेटिएको हो ।
पाण्डेको मात्र नभई इक्यानकै पूर्वअध्यक्ष राजेन्द्र रिजालले संचालन गर्दैआएको चितवन इन्फोसिस एजुकेशन कन्सलटेन्सी पनि अबैध रहेको प्रशासनको अनुगमनका क्रममा भेटिएको छ । दुई पटक इक्यानको अध्यक्ष भइसकेका पाण्डेको मेट्स र रिजालको चितवन इन्फोसिस सहित १५ वटा एजुकेशन कन्सलटेन्सीलाई तत्काल बन्द गरी कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनले जिल्ला प्रहरी कार्यालय चितवनलाई २०८२ असार १७ गते पत्राचार गरेको छ ।
त्यस्तै, पाण्डेको मेट्स लगायतका १५ वटा संस्थाको गैरकानुनी कारोबारको अनुसन्धान गर्न आन्तरिक राजस्व कार्यालय भरतपुरलाई पनि प्रशासनले पत्राचार गरिसकेको छ ।
२ पटक इक्यानको नेतृत्व गरिसकेका पाण्डेले आफैंले अबैध संस्था संचालन गरेर देशभरका शैक्षिक परामर्श दिने संस्थाहरुलाई कस्तो परामर्श दिए होलान् भन्ने परामर्श ब्यवसायीहरुबीच नै बहस सुरु भएको छ । पाण्डेको मेट्स कन्सलटेन्सीले विशेषगरी अष्ट्रेलिया, क्यानडा र अमेरिका जाने विद्यार्थीहरुलाई परामर्श दिने गरेको छ । उनी नेकपा एसका उपाध्यक्ष तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेका छोरासमेत हुन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारीका अनुसार पाण्डेले राज्यको नियम कानुन नै नमानी चितवनमा शाखा खोलेर अनुमतिविना मेट्स एजुकेशन संचालन गरेको पाइएपछि प्रशासनले बन्द गर्न निर्देशन दिएको हो ।
मेट्स लगायत १५ वटा संस्थालाई कानुनी दायरामा आएर संस्था संचालन गर्न प्रशासनले पटक–पटक ताकेता गरेको थियो । तर राज्यको नियम कानुनलाई नै चुनौती दिएर उनले सीडीओको आदेशलाई अटेर गरी अबैध रुपमा चितवनमा संस्था चलाउँदैआएका थिए ।
जिल्ला प्रशासन कार्यालय चितवनले अबैध रुपमा संचालन भएका कन्सलटेन्सीहरु बन्द गर्न प्रहरीलाई पत्राचार गरेपछि प्रकाश पाण्डे भने मंगलबार नै इक्यानका पदाधिकारीलाई बोकेर सीडीओले ज्यादति गरेको भन्दै गृहमन्त्री रमेश लेखकोमा पुगेका थिए ।
त्यस्तै, पाण्डेले चितवनमा बिचौलियाहरु लगाएर संस्था बन्द गर्नबाट रोक्न सीडीओलाई समेत दबाब दिइरहेको स्रोतले बतायो ।
यसैगरी जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा ४६ वटा शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरु दर्ता गरी बैधानिक रुपमा संचालन गरिरहेको पाइएको उल्लेख छ । ५० वटा कन्सलटेन्सी दर्ताका लागि पेश गरेको र आवश्यक कागजात पूरा नगरेको उल्लेख छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend