सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैराटोलमा शनिबार बिहान सडक विस्तारको कामको क्रममा उत्पन्न विवादले उग्र रूप लिएपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच झडप भएको छ ।
झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् ।
घटनास्थलमा स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी बालिष्टर सिंहले जानकारी दिए । उनका अनुसार प्रहरी निरीक्षक गणेश झडप नियन्त्रण गर्ने क्रममा घाइते भएका हुन् भने अन्य दुई जना स्थानीयबीचको आपसी झडपमा घाइते भएका हुन् ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल र्पुयाउने काम जारी रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट डिएसपीको नेतृत्वमा र सशस्त्र प्रहरी बलसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार स्थिति अहिले नियन्त्रणमा छ र अवस्था सामान्य बन्दै गएको छ । यसअघि बिहीबार सडक विस्तारको क्रममा केही स्थानीय महिला र पुरुषले एक महिलामाथि आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि तनाव चुलिएको हो । त्यसको प्रत्यक्ष असर शनिबारको झडपमा देखिएको बताइएको छ ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend