सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–७ नयाँ बसपार्क क्षेत्रमा भएको घर खानतलासी प्रकरणलाई लिएर इलाका प्रहरी कार्यालय बरहथवा चौतर्फी विवादमा परेको छ ।
स्थानीयवासीले प्रहरीले सादा पोसाकमा आएर बिना अनुमति, बिना पुर्जी र बिना स्पष्ट कारण घरभित्र प्रवेश गरी खानतलासी गरेको आरोप लगाएपछि घटना थप गम्भीर बनेको हो ।
पीडित प्रतिमा गुप्ताका अनुसार सिभिल पोसाकमा आएका तीन जना व्यक्तिले आफूहरू इलाका प्रहरी कार्यालय बरहथवाबाट आएको बताउँदै कुनै कारण नखुलाई घरभित्र प्रवेश गरी झोला, पेटी तथा अन्य सामान जाँच गरेका थिए ।
आफूले पैसा राख्ने गल्ला र झोला समेत खोल्न लगाएर चेक गरिएको उनको आरोप छ । घटनाबारे सोध्दा कुनै जानकारी नदिई धाकधम्कीपूर्ण व्यवहार गरिएको गुप्ताले बताएकी छन् ।
इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी निरञ्जन भट्टराईले भने अनुमति लिएरै खोजतलासी गरिएको दाबी गरेका छन् । उनका अनुसार प्रतिमा गुप्ताको घरसहित सोही क्षेत्रका राम कैलाश यादव, रामनाथ शाह र अशोक गुप्ताको घरमा समेत खोजतलासी गरिएको थियो ।
तर स्थानीयवासीले प्रहरीको उक्त दाबी अस्वीकार गरेका छन् । उनीहरूका अनुसार प्रहरी टोली सादा पोसाकमा आएको, कुनै आधिकारिक परिचय नखुलाएको, खोजतलासी पुर्जी नदेखाएको र घरधनीको स्पष्ट सहमति बिना नै घरभित्र प्रवेश गरेको थियो ।
स्थानीय स्रोतका अनुसार नेपाली कांग्रेस निकटका एक स्थानीय नेता गजेन्द्र शाहकी दिदीको घरमा चोरी भएको घटनापछि केही शंकास्पद घरहरूमा खोजतलासी गरिएको बुझिएको छ । सोही घटनापछि नेता शाहकै दबाबमा प्रहरीले केही घरमा छापा शैलीमा जाँच गरेको चर्चा समेत चलेको छ ।
कानुनविद्हरूका अनुसार सामान्य अवस्थामा घर खानतलासी गर्दा प्रहरी परिचय खुलाएर, आवश्यक कागजातसहित, तोकिएको प्रक्रिया पालना गरी प्रवेश गर्नुपर्छ । सादा पोसाकमा, बिना पुर्जी र बिना अनुमति घरभित्र प्रवेश गर्नु कानुनी र नैतिक दुवै दृष्टिले प्रश्नको विषय बन्न सक्ने बताइन्छ ।
खानतलासी गरिएका घरहरूबाट कुनै पनि शंकास्पद सामग्री फेला नपरेको र प्रहरी टोली रित्तो हात फर्किएको स्थानीय स्रोतले जनाएको छ । घटनापछि सम्बन्धित परिवारहरू मानसिक तनावमा रहेको र आफूहरूलाई अनावश्यक दुःख दिएको गुनासो गरेका छन् ।
यस घटनापछि इलाका प्रहरी कार्यालय बरहथवा अहिले स्थानीय तहदेखि विभिन्न पक्षको आलोचनाको केन्द्र बनेको छ । बिना्पुर्जी, बिना अनुमति र सादा पोसाकमा घरभित्र प्रवेश गर्न कसले आदेश दियो भन्ने प्रश्न उठिरहेको छ । यदि कानुन मिचिएको पुष्टि भए जिम्मेवारमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने विषयमा समेत चासो बढेको छ ।
घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कारबाही गर्न स्थानीयले माग गरेका छन् ।
प्रहरीले खानतलासी गरेकोबारेमा स्थानीको भनाइ
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend