काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षकको सचिवालय मातहतको उजुरी छानबिन र अनुगमन शाखाका डीएसपी सुदीप रेग्मीले संगठनको छविमै आँच पुग्नेगरी बदनाम घुमुवालाई मधेश प्रदेशका जिल्लामा खटाएका छन् ।
राजु अर्याल सशस्त्र प्रहरी बलको महानिरीक्षक भएपछि मधेश र लुम्बिनी प्रदेशमातहतका जिल्लामा लामो समयदेखि कार्यरत घुमुवाहरुलाई बर्दीमा ड्युटी गर्नेगरी काठमाडौं, इलाम, झापा लगायतका जिल्लाका गणतिर सरुवा गरेका थिए । तर उनी आईजीपी भएको २ बर्ष नपुग्दै उनकै सचिवालयमा ३ बर्षदेखि कार्यरत डीएसपी सुदीप रेग्मीले तिनै तस्करका मतियार बदनाम घुमुवाहरुलाई मधेश प्रदेशका ८ वटा जिल्लामा सरुवा गराएका छन् । त्यस्ता बदनाम घुमुवालाई रेग्मीले तराईका बिभिन्न जिल्लामा असुलीमा परिचालन गरेको आरोप छ ।
सशस्त्रमा इन्स्पेक्टरदेखि माथिका अधिकृतको ६ महिनादेखि एक बर्षमा सरुवा हुन्छ । तर डीएसपी सुदीप रेग्मी भने ३ बर्षदेखि आईजीपी सचिवालयमा हालिमुहाली गर्दैआएका छन् । नेपाल प्रहरीकै जस्तो सशस्त्रमा पनि अनुगमन र उजुरी शाखा सकल दर्जाका पीरमर्का र गुनासा सुन्न स्थापना गरिएको हो । सकारात्मक हिसाबले स्थापना गरिएको सशस्त्रको अनुगमन शाखालाई डीएसपी रेग्मीले असुलीको अखाडा बनाएको आरोप छ । जसले आईजीपी अर्यालको समेत छविमा आँच पुगेको छ ।
सहायक हवल्दारहरु रोशन मिश्र, सन्तोष यादव र राजीव यादवलाई रेग्मीले मधेश प्रदेशका जिल्लाको तस्करीको संजालबाट असुलीका लागि खटाएको आरोप छ । रोशन मिश्रलाई रेग्मीले सर्लाहीमा खटाएका छन् । सशस्त्रमा जागिर खाएदेखि नै मिश्रले सर्लाही छाडेका छैनन् । सर्लाहीका एसपी देवीबहादुर चन्दमात्र होइन, मधेश प्रदेश(छिन्नमस्ता बाहिनी)का डीआईजी कृष्ण ढकालसँग समेत सेटिङ मिलाएर मिश्रले तस्करीको लाइन चलाउँदैआएका छन् ।
रोशन मिश्रकै सेटिङमा ब्यापारीहरु बिजय यादव, नवीन चौधरी, राजेश ठाकुरसहितका ब्यापारीले मधुवनी बीओपी हुँदै गएको जेठ १९ गते ६ गाडी चिनियाँ नास्पाती तस्करी गरी भारत पठाएका थिए । तर भारतीय अर्धसैनिक बल (एसएसबी) ले उक्त नास्पाती फर्काइदियो । भारतीय सीमापारी पुगेको नास्पाती नेपालतिरै फर्काएपछि तस्करीको पोल खुल्ने त्रासले रोशन मिश्रको डिजाइनमा स्थानीयलाई ढुंगामुढा गर्न लगाई हवाईफायर गरियो । र, सशस्त्र मुख्यालयका डीएसपी सुदीप रेग्मीले खटाएका घुमुवा रोशन मिश्रले छिन्नमस्ता बाहिनीका डीआईजी कृष्ण ढकालसँग समेत कुरा मिलाएर स्थानीयलाई आक्रमण गर्न लगाइएको र हवाई फायरिङ समेत गरी उक्त नास्पाती का ६ गाडी भारततर्फ भागेको विज्ञप्ति निकाली तस्करी प्रकरण ढाकछोप गरिएको रहस्य खुलेको छ ।
डीआईजी ढकालले तस्करीको नास्पाती भण्डारण गरिएको बलरा ५ का वडाध्यक्ष मनोज मोहनकुमार सिंहको भगवानपुरस्थित फर्निचर उद्योगमा छापा हान्न लगाएको दाबी गरेका थिए । तर भारत पुगिसकेको तस्करीको नास्पाती एसएसबीले फर्काएको सूचना सशस्त्र मुख्यालयदेखि गृहमन्त्रालयसम्म पुगेको छ । मुख्यालयबाट डीएसपी रेग्मीले खटाएका घुमुवा मिश्रकै सेटिङमा उक्त चिनियाँ नास्पाती भारत पुगेको र एसएसबीले फर्काएको थियो । तर डीएसपी रेग्मी र छिन्नमस्ता बाहिनीका डीआईजी कृष्ण ढकालले जेठ १९ गते अघिकै मितिदेखि रोशन मिश्र तालिममा रहेको देखाएर उनलाई उन्मुक्ति दिने तारतम्य मिलाएका छन् ।
चिनियाँ नास्पाती तस्करी भएर भारत पुगेको र एसएसबीले फर्काएको तथ्य खुलेपछि सशस्त्रको सर्लाहीमा सशस्त्रको १० नंं गणका एसपी देवीबहादुर चन्द र बलरा उधोरण अर्नाहा बीओपीका इन्चार्ज लोकेन्द्रबहादुर चन्द दुवैलाई कारबाही गर्न लागिएको थियो । तर गृहमन्त्री रमेश लेखकका स्वकीय सचिव जनक भट्टसँग हारगुहार गरेपछि उनीहरु कारबाहीबाट बचेका छन् ।
दर्जा सहायक हवल्दार भए पनि रोशन मिश्र जागिर खाएदेखि नै सर्लाहीमा कार्यरत छन् । उनको दरबन्दी झापा हो । मिश्रलाई मधेश प्रदेशका डीआईजीसँग कुरा गरेर घुमुवाका रुपमा खटाउने तारतम्य अनुगमनका डीएसपी रेग्मीले मिलाएको स्रोत बताउँछ । डीआईजी ढकाल र डीएसपी रेग्मी दुबै स्याङ्जाकै हुन् ।
मिश्रले नै डिआईजी ढकालदेखि एसपी, बीओपीका इन्चार्जलाई सेटिङ गरी तस्करीको लाइन दिएका थिए । मिश्रले सर्लाहीमा पछिल्लो पटक बिजय यादवको समूहलाई स्याउ र नास्पातीको तस्करीको लाइन दिएका थिए । मासिक ५ लाख बाहिनीमै बुझाउनेगरी उनले स्याउ र नास्पातीको तस्करीको लाइन दिएको आरोप छ । त्यसबाहेक कवाडी, ब्राजिलियन मकै(स्वट कर्न)को तस्करीको लाइन पनि उनले ब्यापारीलाई दिएका छन् । ब्राजिलियन मकै तेस्रो मुलुकबाट नेपालमा ल्याएर भारत तस्करी हुँदैआएको छ ।
मुख्यालयबाटै घुमुवा परिचालन
विगतमा अबैध असुली गरेको आरोपमा आईजीपी राजु अर्यालको परिपत्रको आधारमा तानिएका घुमुवालाई सशस्त्र प्रहरी मुख्यालयको अनुगमन शाखाका डीएसपी सुदीप रेग्मीले मधेश प्रदेशका ८ वटा जिल्लामा खटाएका छन् । सहायक हवल्दारहरु रोशन मिश्र, सन्तोष यादव र राजीव यादवलाई घुमुवाका रुपमा खटाइएको छ ।
सन्तोष यादव जागिर खाएदेखि महोत्तरीमा थिए । घुमुवा अप्रेसनमा २० नम्बर गण सिनामंगल काठमडौंमा सरुवा भएका थिए । डीएसपी रेग्मीले उनलाई तत्कालीन एसपी पूर्ण साउदलाई भनेर पशुपति मन्दिरमा ड्युटी खटाए । पशुपतिबाट एमसीसी परियोजनामा आकर्षक भत्ता पाउने गरी पठाए । दरबन्दी एमसीसीमा भत्ता खाने गरी मिलाएका रेग्मीले काम भने मधेशमा अनुगमनका नाममा असुलीमै पठाएको समाचार यसअघि नेपालफेसले नै उजागर गरेको थियो । एक महिनाअघि उनको सरुवा आफ्नै घर भएको जिल्ला १२ नम्बर गण बारामै भएको छ ।
बारामा रवाना लिएर प्रशासनमा बुझाएर एसपी खुमबहादुर केसीलाई भेटेपछि हाजिर भएको १ महिनाभन्दा बढीदेखि उनी गणमा नआएको स्रोत बताउँछ । उनी कहाँ खटिएका छन्, गणका एसपीबाहेक कसैलाई थाहा छैन । घरमै ब्यापारी बोलाउने, एसपीदेखि डीआईजी र मुख्यालयका डीएसपीसम्मको सेटिङमा आएको भनेर उनले तस्करीको लाइन चलाउन दररेट असुली गर्दैआएका छन् । बारामा दर्जाले सहायक हवल्दार भए पनि सन्तोष यादवलाई ब्यापारीले छायाँ एसपीको संज्ञा दिने गरेका छन् ।
राजीव यादवलाई पनि डीएसपी रेग्मीले प्रदेशको घुमुवाका रुपमा खटाएका छन् । उनको दरबन्दी प्राविधिक गण पथलैयामा हो । तर उनी ढुक्कले सशस्त्र मुख्यालयबाट खटिएको भन्दै मधेशका ८ वटै जिल्लामा तस्करहरुको नेटवर्क मिलाउन तल्लीन रहेका छन् । राजीव यादव पनि विगतमा घुमुवा अप्रेसनमा तानिएका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend