Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभाको बैठक, बजेटमाथि छलफल जारी रहने


    आइतबार, असार १ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    संघीय संसद भवन, नयाँबानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

    आजको बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिनेछ ।

    आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२-८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

    यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूचीमा राखिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार