काठमाडौं । आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल, वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरे पनि अर्का पूर्व प्रबन्ध संचालक डिल्लीराम अधिकारी जोगिएका छन् ।
डिल्लीराम अधिकारीका पालामा एशिया इन्फोले दिएको टेलिकमलाई बिलिङको ठेक्कामा ५ प्रतिशत छुट दिएको थियो । तर सुनिल पौडेल र संगीता पहाडी आएपछि पाउँदैआएको छुट समेत एशिया इन्फोले नदिई त्यसबापत समेत कमिसन दिएको पाइएको थियो । त्यहीकारण उनी बिलिङ ठेक्काको म्यादथप प्रकरणमा जोगिन सफल भएका छन् ।
बिलिङ ठेक्कामा जोगिएका पूर्वएमडी डिल्लीराम अधिकारीले अन्तर्राष्ट्रिय ब्यापार महाशाखाको ३ बर्ष प्रमुख हुँदा जापानको टेलिकम कम्पनी ओसन टेक्नोलोजी लिमिटेड जापानसँग अन्तर्राष्ट्रिय आगमन कलको आम्दानीमा नेपाललाई नोक्सान पारी आफ्नी श्रीमती इन्दू ढकालको नाममा मासिक ३ लाख हिमालयन बैंकमा जम्मा गर्न लगाएको प्रमाण नै सार्वजनिक भइसकेको छ । अमेरिकी डलरमा उनकी श्रीमतीका नाममा ओसन टेक्नोलोजीबाट घुस प्राप्त हुँदैआएको तथ्यसमेत आइसकेको छ ।
यसरी टेलिकमलाई घाटा पारेको भौचरसहितको विवरणको उजुरी परेपछि अख्तियारले डिल्लीराम र उनकी श्रीमती इन्दू ढकालको नाममा रहेका बिभिन्न बैंकका खाता बिबरण माग गरेको थियो भने हङकङ, सिंगापुर र दुबईमा खाता खोलेको हुनसक्नेतर्फ पनि अनुसन्धान गरेको थियो ।
अधिकारी टेलिकमको एमडी हुँदा खरिद गरिएको ६५ करोडको स्मल सेल ६ बर्षसम्म पनि जडान हुन सकेको छैन । अधिकारी एमडी हुँदा २०७७ मा ३० करोड रुपैयाँको डिजिटल भुक्तानी प्रणाली ‘नमस्ते पे’ सुरु गरिए पनि उक्त परियोजना असफल भएको छ ।
स्मल सेल र नमस्ते पे प्रोजेक्टमा टेलिकमलाई ९५ करोड नोक्सान पारेको उजुरी अख्तियारमा परेको छ । तर त्यो उजुरीमा छानबिनमा भने बिलम्ब हुँदैआएकोछ । उनले राम थापामार्फत् त्यो उजुरी मिलाउन खोजेको आरोप छ ।
त्यसो त टेलिकमले १८ अर्बमा फोरजीको ठेक्का हुवावेलाई दिंदा अरबौं घोटाला गरेको आरोप पनि अधिकारीमाथि छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend