काठमाडौं । पाँच महिनादेखि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक नबोलाइएपछि कार्यपालिकाका ४१ सदस्य अदालत जाने भएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर मेयर बालेन्द्र साह (बालेन) साहले पाँच महिनादेखि कार्यपालिकाको बैठक बोलाएका छैनन् । उनले बैठक छल्न खोजेपछि खोजेपछि कार्यपालिका सदस्यहरु कानुनी उपचार नै खोज्न बाध्य भएका छन् ।
कार्यपालिका सदस्यहरुले मेयर साहलाई कार्यपालिका बैठक यथाशीघ्र बोलाउन ध्यानाकर्षणपत्र बुझाएको आज आइतबार एक साता पुगेको छ । आज पनि कार्यपालिकाको बैठक नबोलाए कार्यपालिका सदस्यहरूले अदालतको ढोका ढकढक्याउने भएका छन् ।
गएको सोमबार उपमेयर सुनिता डंगोलसहित कार्यपालिका सबै सदस्यहरूको अनौपचारिक बैठकले मेयर साहले एकलौटी गर्न खाजेको आरोप लगाउँदै तत्काल कार्यपालिका बैठक बोलाउन माग राखेर मेयर साहलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा कार्यपालिकाको बैठक कम्तीमा महिनाको एकपटक बस्ने व्यवस्था उल्लेख छ । यद्यपि, बैठकसम्बन्धी व्यवस्थामा मेयरले बैठक बोलाउन नचाहेसम्म बैठक बस्न सक्दैन । ऐनमा बहुमत कार्यपालिकाका सदस्यले बैठक बोलाउन चाहेमा बैठक बोलाउनैपर्ने कानुनी बाध्यता छैन ।
कार्यपालिकामा कानुनी व्यवस्था कायम गर्नकै लागि कार्यपालिकाका सदस्यहरूले आफू अदालत जान लागेको बताएका छन् । सकभर सहमतिमै अघि बढ्ने हरदम प्रयास गर्दा पनि मेयर साहको बेवास्ताको कारण समस्या बढेको कार्यपालिका सदस्यको आरोप छ ।
कार्यपालिकाको बैठक बोलाउन नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यले माग गरेका छन् । बैठक बोलाउने विषयमा सबै कार्यपालिका सदस्य एकमत भएका छन् । कार्यपालिकाको बैठकमा सदस्यसचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । मेयर साहले बैठकको विषयमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई एजेन्डाहरू दिएका छैनन् । न त कुनै जानकारी नै दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईले बालेनको सल्लाहकार टीमको भ्रष्टाचामा साथ नदिएपछि उक्त टीमले उल्टै उनैलाई काठमाडौं भ्यूटावरमा भ्रष्टाचार गरेको आरोप लगाउँदै हाजिर हुन नदिने, कार्यकक्षमा ताला लगाउने र गाडीमा ह्वीललक लगाएका थिए । बालेनले नै गठन गरेका तीन वटा छानबिन समितिले प्रमुख प्रशासकीय अधिकृतले भ्रटाचार गरेको प्रतिवेदन दिन नसकेपछि पनि उनले हाजिर हुन नदिएपछि उपमेयर सुनिता डंगोलको नेतृत्वमा वडाध्यक्ष र कर्मचारीहरुले गुरागाईलाई हाजिर गराएको थियो ।
गुरागाईले हाजिर गरेर महानगरको बैंक खाता सुचारु भई तलव भत्ता बितरण भएको थियो । प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरबाट तलवभत्ता लगायतका सबै कागजात सदर गरेका मेयर बालेनले कार्यपालिका बैठक पनि सँगै बसेर तिक्तता मेट्न र इगो त्याग्न महानगरका कर्मचारीले सुझाव दिंदैआएका छन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend