काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पर्यटन ब्यवसायी राजेन्द्र बजगाईले बीपीपुत्र सशांक कोइरालालाई एउटा किया र महिन्द्रा एसयुभी गाडी, रोलेक्स घडी, पैसाले भरिएको महँगो ब्यागलगायतका बहुमूल्य उपहार दिएको बताएर राजनीति तरंगित पारिदिएका छन् ।
आफूहरुलाई स्पष्टीकरण सोध्नुपर्छ भन्ने कुराको जवाफमा सांसद बजगाईले कांग्रेसका पूर्व महामन्त्री कोइरालालाई उक्त उपहारका बारेमा समेत सोधिनुपर्ने बताउँदै गाडी दिएको तस्वीर समेत सामाजिक संजाल फेसबुकमा राखेका छन् ।
सशांकले यसरी घूस उपहारमा दिन सांसद बजगाईँलाई दबाब दिएको भण्डाफोर उनले भण्डाफोर गरेका छन् ।
सांसद बजगाई फेसबुकमा लेख्छन्–‘म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्वार वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ ।’
सांसद बजगाईले ती उपहार केका लागि दिएको भने प्रष्ट पारेका छैनन् । कुन काम लिन वा सांसद पदको टिकट पाउनका लागि करोडौंको उपहार दिए, त्यो भने छानबिनको बिषय भएको छ ।
सांसद बजगाईले फेसबुकमा लेखेको स्टाटस

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend