Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • शिखर म्यानपावरको ठगीधन्दाः कतार प्रहरीमा पठाउन एक जनासँग ३० लाख असुली


    बिहिबार, जेष्ठ ८ २०८२
    3.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । लाजिम्पाटमा रहेको शिखर इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि. ले  कतार प्रहरीमा पठाउनका लागि नेपाली युवासँग प्रतिब्यक्ति २५ लाखदेखि ३० लाख रुपैयाँसम्म असुली गरेको छ ।

    शिखर म्यानपावरले नेपाल सरकार बैदेशिक रोजगार बिभागबाट अनुमति नलिई सूचना समेत प्रकाशित नगरी १ सय ८० जनासँग २५ देखि ३० लाख रुपैयाँ लिई कतार पठाइसकेको स्रोतले बताएको छ । । २५ लाखका दरले उठाउँदा पनि शिखर म्यानपावरले ४५ करोड रुपैयाँ उठाइसकेको छ ।

    केही दिनअघिमात्र दोस्रो लटमा २० जनालाई कतार प्रहरीमा पठाउनका लागि ३० लाखसम्म रकम उठाई अन्तर्वार्ता समेत लिइसकेको छ । २५ देखि ३० लाख लिएर कतार प्रहरीमा पठाएको सूचना लिक हुन नदिन शिखर म्यानपावरका संचालक अनुराज प्रधानले विश्वासपात्रहरुलाई मात्र परिचालन गरेका छन् । ती विश्वासपात्र एजेन्टमार्फत् नै कतार प्रहरीमा मासिक २ लाख ५० हजार तलव आउने भन्दै ३० लाख नेपाली युवाहरुबाट उठाइरहेका छन् ।

    सरकारले नै सहुलियत दरमा आकर्षक गन्तब्य कोरियामा कामदार पठाउँदैआएको छ । आकर्षक तलव प्राप्त हुने ठाउँमा नेपाली जानु राम्रो हो तर शिखर म्यानपावरले सरकारलाई जानकारी नै नदिई कतार प्रहरीमा ३० लाख असुली गर्दै पठाएको छ ।

    १० हजार रुपैयाँ शुल्क लिएर वैदेशिक रोजगारमा जान सकिने देशको नियम छ । तर शिखर म्यानपावरका संचालक अनुराज प्रधानले ३० लाखसम्म असुली गरी कतार पठाउँदा पनि राज्य मौन छ । राज्यका निकाय मौन छन् ।

    बैदेशिक रोजगार बिभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भने–‘सूचना निकालेर, प्रतिस्पर्धा गराई सरकारले तय गरेको दररेट भन्दा बढी रकम लिन पाइँदैन । यदि शिखर म्यानपावरले त्यति धेरै रकम लिएको हो भने ठगीमा कारबाही हुन्छ ।’

    २०७७ देखि नै कतार प्रहरीमा नेपाली कामदारको माग भएको भनी दिल श्रेष्ठ लगायतका म्यानपावर ब्यवसायीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा तथा स्वकीय सचिव भानु देउवाबाट कोटा लिने भनेर करोडौं उठाएका थिए । तर कतारी दूताबासका कर्मचारीसँग मिलेर शिखर, एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल जस्ता म्यानपावरले भित्रभित्रै अन्तर्वार्ता लिएपछि बैदेशिक रोजगार बिभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालले रोकेका थिए । २०७७ मंसिर ९ गते बिभागले अनुगमन गर्दा अन्तर्वार्ता लिइरहेका शिखर र होप म्यानपावरको कार्यालयमा त कतारी दूताबासको कूटनीतिक सवारीसाधन नै भेटिएको थियो ।

    कतार प्रहरीमा नेपाली कामदार पठाउनु राम्रो हो ।  मासिक ६ ६ हजार कतारी रियाल(करिब ने.रु. २ लाख २५ हजार) पाउने कतार प्रहरीमा पठाउँदा शिखर म्यानपावरले २५ देखि ३० लाख असुली गर्नुलाई भने लुटकै संज्ञा दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार