Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७ सय ८३ किलो गाँजासहितको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा


    बिहिबार, बैशाख १८ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सुनसरीबाट सशस्त्र प्रहरी बलले ७ सय ८३ किलोग्राम गाँजासहितको ट्रक र २ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त सुरक्षाफौजले बुधबार गाँजासहितको ट्रक र त्यसका चालक तथा सहचालक लाई नियन्त्रणमा लिएको हो ।

    धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाइ शंका लागि चेकजाँच गर्दा उक्त परिमाणको गाँजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो । ट्रकको ड्राइबर सिटमाथी बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउंदै गरेको गाँजासहितको ट्रक, चालक सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ बर्षका मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका–६ बस्ने १८ बर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ ।

    नियन्त्रणमा लिइएकाहरुलाई गाँजा र ट्रकसहित आवश्यक कारबाहीका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा बुझाइएको छ । यसअघि बुधबार बिहानमात्रै सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन बेश धनकुटाले ४ सय २१ किलो गाँजासहितको कार नियन्त्रणमा लिएको थियो ।

    यसैगरी सोही ठाउँबाट केराबारी पोल्टी फर्म प्रालिको बिल उल्लेख गरी १ सय ५० बोरा मल ल्याउदै गरेको ना ५ ख ३२०९ नम्बरको ट्रकलाई शंका लागि चेकगर्दा ट्रकभित्र अन्य सामान नभए पनि फल्स बटम बनाएको देखिएपछि नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार