काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एआईजी पदमा एकमा डीआईजी अन्जनीकुमार पोखरेललाई बढुवा सिफारिस गरेको छ ।
मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई बढुवा सिफारिस गरेको हो । सशस्त्र प्रहरी बलमा दुईजना एआईजीको दरबन्दी छ । त्यसमध्ये रिक्त एक पदमा पोखरेललाई सिफारिस गरिएको छ ।
पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन् । नारायणदत्त पौडेल आईजीपी बनेपछि सशस्त्रमा एआईजी पद रिक्त भएको थियो ।
त्यसैगरी, एसएसपी राजेन्द्र खड्कालाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ । एसपी संजय भट्टराईलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ ।
साथै कानुनतर्फ एसएसपी युवराज अर्यालयलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ । एआईजी बढुवाउपर चित्त नबुझेमा सात दिनभित्र उजुरी गर्न सकिने बढुवा समितिले जनाएको छ ।
सशस्त्रको कानुनमा १५ जनाको मात्र दरबन्दी भए पनि अघिल्लो सरकारले डीआईजीको दरबन्दी सृजना गरेको थियो । अघिल्लो सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालका आफन्त भएकाले एसएसपी युवराज अर्याललाई बढुवा गर्न डीआईजी दरबन्दी सृजना गरिएको भनेर विवाद भएपछि बढुवा हुन सकेको थिएन ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend