काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एआईजी पदमा एकमा डीआईजी अन्जनीकुमार पोखरेललाई बढुवा सिफारिस गरेको छ ।
मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई बढुवा सिफारिस गरेको हो । सशस्त्र प्रहरी बलमा दुईजना एआईजीको दरबन्दी छ । त्यसमध्ये रिक्त एक पदमा पोखरेललाई सिफारिस गरिएको छ ।
पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन् । नारायणदत्त पौडेल आईजीपी बनेपछि सशस्त्रमा एआईजी पद रिक्त भएको थियो ।
त्यसैगरी, एसएसपी राजेन्द्र खड्कालाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ । एसपी संजय भट्टराईलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ ।
साथै कानुनतर्फ एसएसपी युवराज अर्यालयलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ । एआईजी बढुवाउपर चित्त नबुझेमा सात दिनभित्र उजुरी गर्न सकिने बढुवा समितिले जनाएको छ ।
सशस्त्रको कानुनमा १५ जनाको मात्र दरबन्दी भए पनि अघिल्लो सरकारले डीआईजीको दरबन्दी सृजना गरेको थियो । अघिल्लो सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालका आफन्त भएकाले एसएसपी युवराज अर्याललाई बढुवा गर्न डीआईजी दरबन्दी सृजना गरिएको भनेर विवाद भएपछि बढुवा हुन सकेको थिएन ।
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend