काठमाडौं, । तराई मधेस केन्द्रित दुई दलबीच आज पार्टी एकीकरण हुँदैछ ।
जनमत पार्टी र नागरिक उन्मुक्तिबीच आज पार्टी एकीकरण गरिन लागेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ः०० बजेदेखि घोषणा सभा सुरू गरिने जनाइएको छ ।
जसअनुसार उन्मुक्तिका संरक्षक रेशम चौधरी एकता पछिको पार्टीमा पनि संरक्षक रहनेछन् भने सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमति भइसकेको छ।
साथै, उन्मुक्तिको चुनाव चिन्ह ढकियालाई स्वीकार गर्दै पार्टीको नाम भने नागरिक जनमत पार्टी राखिने भएको छ। एकतासँगै सो पार्टी तराइ मधेस केन्द्रित दलको सबैभन्दा ठूलो पार्टी हुनेछ।
सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्सीय केन्द्रीय पदाधिकारी, ५१ सदस्सीय केन्द्रीय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तीमा ७ सय केन्द्रीय सदस्य रहने भएका छन् ।
जसअनुसार दुई पार्टीबीच एकता भएपछि प्रतिनिधिसभामा १० सीटसहित छैटौँ ठूलो दल बन्नेछ भने १० सिट नै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको समान हैसियतमा रहनेछ
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend