काठमाडौं । अखिल क्रान्तिकारीको स्थगित मतगणना बाल्मिकी क्याम्पसमा नै गराउन माग गरिएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजे पछि अध्यक्षका तीन उम्मेदवारले बाल्मिकी क्याम्पसमा नै गराउनु पर्ने माग गरेका हुन् । अध्यक्षका उम्मेदवारत्रय उपदेश यादव, सुदिन पौडेल र हेमन्त राइले सो माग गरेका हुन ।
‘२३ औं राष्ट्रिय सम्मेलनको मतदान प्रकियामा ८ वटै मतदान केन्द्रहरूवाट मतदान सम्पन्न गरिसकेको र जसमध्ये ७ वटा मतदान केन्द्रको मतगणना गरिसकेका छौं, अन्य बिषय थाँती राख्दै मतदान पश्चात बाल्मिकी क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्ड बारे सुझावसहितको संयुक्त माग पेश गर्दछौं’ तीन अध्यक्षका उम्मेदवारले मतदान अधिकृतसमक्ष राखेको मागमा भनिएको छ, ‘मतादान भएको क्याम्पस बाल्मिकी क्याम्पसमा नै मतगणना गरिनु पर्दछ, रेजाका लागि निर्वाचन समितिले ब्यवस्था गरेको ‘राता मसी कलम’ द्दारा रेजा लगाइएको मत मात्रै गणना गरिनु पर्नेछ, ब्यवस्था गरिएको रातो कलम बाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनु पर्दछ ।’ उनीहरूका अनुसार बाँकी प्रकिया पुरा गरी अबिलम्ब मतगणना सुरू गर्न अनुरोध गरिएको छ ।
पटक पटक स्थगित हुदैँ आएको अखिल क्रान्तिकारीको नेतृत्वका लागि हालै निर्वाचन भए पनि ‘कालो मसी’ले रेजा लगाइएको मत पत्र भेटिए पछि बिबाद भएको थियो । बिबादका बिच पार्टीले हस्तक्षेप गरी बाल्मिकीवाट पेरिसडाँडामा लगेर मतगणना गर्न खोजिए पछि तीन अध्यक्षका उम्मेदवारले असहमति प्रकट गरेका हुन् ।
अध्यक्षका तीन उम्मेदवारको बिज्ञप्ति

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend