Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अखिल क्रान्तिकारीको मतगणना अनिश्चितकालका लागि स्थगित


    आइतबार, माघ १३ २०८१
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेकापा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनअन्तर्गत उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ ।

    आइतबार मतपत्रमा प्रयोग भएको आधिकारिक रंगबाहेक अन्यलाई मान्यता दिने कि नदिने विषयमा विवाद भएपछि विशेष र विश्वविद्यालय प्रदेशले संयुक्त विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि मतगणना स्थगित गरेको हो ।

    संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१ माघ १२ गते शनिबारका दिन सम्पन्न भएको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशका मतदान केन्द्रको निर्वाचनको मतगणना विशेष कारणवश स्थगित भई आज मिति २०८१ माघ १३ गते ११ः०० बजेदेखि सुरु गर्ने भनिएकोमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ ।’

    अखिल क्रान्तिकारीको ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि शनिबार निर्वाचन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार