Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बीरगंजको अबैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५० लाखभन्दा बढीको सामान बरामद


    सोमबार, माघ १४ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भन्सार छलेर नेपाल ल्याई अबैध रुपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका समानहरु सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बरामद गरेको छ ।

    पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित २ वटा पक्की घरको भूई तलामा अबैध रुपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र बीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले छापामारी उल्लेखित सामानहरु बरामद गरेको हो ।

    गोदाम गरी राखिएका सामान सीमा इलाकाबाट करीब ३ किलोमिटर उत्तरतर्फ रहेको छ । बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडा र १ लाख २१ हजार ५ सय रुपैयाँ बराबरको हार्डवेयरको सामानहरु रहेको छ ।

    बरामद गरिएका सामानहरु आवश्यक कारवाहीको भन्सार कार्यालय वीरगंज पर्सामा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार