Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्पताल नपुग्दै दार्चुलामा गर्भवतीको मृत्यु


    बुधबार, माघ २ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका–१, आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति साढे नौ बजे मृत्यु भएको हो ।

    घरबाट दुई किलोमिटर दूरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक वीरेन्द्रसिंह धामीले बताए ।

    द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन् । स्वास्थ्यचौकी पुर्‍याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएकी थिइन् । स्वास्थ्यचौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार