Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • समाजवादी मोर्चा हुने भयो सक्रिय, आज कार्यदलको बैठक बस्दै


    मंगलबार, माघ १ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अन्ततः समाजवादी मोर्चा सक्रिय हुने भएको छ ।

    बामपन्थी झुकाव राख्ने  संघीय संसदभित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउन लागेका हुन् ।

    जसका लागि चार दल आबद्ध समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बस्ने भएको छ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठका अनुसार मोर्चाको कार्यदलको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

    कार्यदलमा श्रेष्ठसहित नेकपा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेका छन् ।

    सो कार्यदलले प्रतिबेदन तयार पारे पछि बुधवार भने मोर्चाका शिर्ष नेताको बैठक बस्नेछ । माओवादी अध्यक्ष प्रचण्ड सत्ताच्युत भए पछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार