काठमाडौं । कास्की, रुपन्देहीबाट अड्डासार गर्दै काठमाडौंमा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज सुरु हुँदैछ ।
बिहीबार साँझ पोखराबाट लामिछानेलाई काठमाडौंमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंमा उनको बयान लिन लागिएको हो ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा पनि दोषी देखिएको भन्दै उनलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
स्वर्णलक्ष्मीबाट लामिछानेले व्यक्तिगत र जीबी राईसँग मिलेर ऋण लिएको पाइएको छ । पक्राउ पूर्जी जारी भएपछि कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी उनलाई पोखरा र्पुयाइएको थियो ।
पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि म्यादथपका लागि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend