काठमाडौँ । भारतमा मंगलबार चारवटा विमानमा बमको धम्की दिइएको छ । जसमा दिल्लीबाट शिकागो गइरहेको एयर इन्डियाको विमानमा बम रहेको बताइएको छ । त्यसपछि उडान क्यानडातर्फ डाइभर्ट गरिएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत मुम्बईबाट सुरु हुने तीनवटा र दिल्लीबाट आएको एउटा उडानमा बमको धम्की दिइएको थियो । त्यस्तै लन्डनबाट दिल्लीतर्फ आउदै गरेको विमानमा पनि बमको धम्की प्राप्त भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
त्यसपछि यात्रु र विमान चालक दलको ज्यान जोखिममा परेको थियो । धम्कीको सूचना पाएपछि सुरक्षा निकायलाई सतर्क गराइएको थियो । जयपुर-बैंगलोर एयर इण्डिया एक्सप्रेसमा बमको धम्की दिइएपछि यो विमान अयोध्यामा अवतरण गरी अनुसन्धान गरिएको थियो । यसबाहेक स्पाइसजेटको दरभंगा-मुम्बई उडानको सिलिगुडी-बैंगलोर उडानमा पनि बमको धम्की दिइएको थियो । सूचना प्राप्त हुँदासम्म यी दुवै विमान अवतरण भइसकेका थिए । दुवै विमानको सुरक्षा निकाय र प्रहरीले विमानस्थलमा चेकजाँच गरेका थिए ।
यसबाहेक दिल्लीबाट शिकागो गइरहेको एयर इन्डियाको विमान एआई १२७ मा पनि बमको धम्की दिइएको थियो । यो उडान शिकागोको लागि प्रस्थान गरेको थियो । सूचना पाएपछि विमानलाई क्यानडाको एकमात्र विमानस्थलतर्फ मोडिएको थियो । एयर इन्डियाका अनुसार विमान र यात्रुको सुरक्षा जाँच गरिएको बताइएको छ । विमानस्थलमा सुरक्षा निकायलाई सचेत गराइएको छ । कुनै पनि विमानमा बम नभेटिएको बताइएको छ ।
यस अघि सोमबार मुम्बईबाट न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको विमानमा बमको धम्की आएको बताइएको थियो । जसलाई दिल्लीमा अवतरण गराइएको थियो । सुरक्षा जाँचका क्रममा यहाँ कुनै पनि शंकास्पद वस्तु फेला परेको थिएन । अधिकारीहरुका अनुसार पछिल्लो समय एयर इन्डिया लगायत धेरै स्थानीय एयरलाइन्सलाई बमको धम्की आइरहेको छ र ती सबै धम्की झुटो भएको पाइएको छ । प्रहरीले सामाजिक सञ्जालमा पोष्ट गरेर आइरहेका यस्ता धम्कीप्रति अनुसन्धान गरिरहेको बताएको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend