काठमाडौँ । भारतमा यात्रुवाहक विमानमा बमको धम्की आउने क्रम जारी रहेको छ ।
आइतबार २५ भन्दा बढी उडानमा बमको धम्की आएपछि आपतकालीन अवतरण गराइएको भरातीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार आइतबार इन्डिगो, विस्तारा र एयर इन्डियाका ६–६ विमानलाई बमको धम्कीपछि अवतरण गराइएको थियो ।
त्यसअघि शनिबार मात्र ३० भन्दा बढी विमानलाई धम्की आएको थियो । जसका कारण सयौं यात्रु घण्टौं सास्तीमा परेका थिए ।
पछिल्लो एक हप्तामा ९० भन्दा बढी विमानमा बमको धम्की आएको छ । पछि यी सबै झुटा साबित भएका छन् । यी धम्कीका कारण अहिलेसम्म २ सय करोड रुपैयाँ भारुसम्मको नोक्सान भइसकेको छ ।
गृह मन्त्रालयले यस सम्बन्धमा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन सुरक्षा ब्यूरोसँग विस्तृत प्रतिवेदन मागेको बताइएको छ ।
त्यस्तै केन्द्र सरकारले नागरिक उडड्यन प्रमुखलाई पदबाट हटाएको छ । यद्यपी प्राधिकरणले भारतको आकाश पूर्ण रुपमा सुरक्षित रहेको बताएको छ ।
शनिबार पनि ३० भन्दा बढी विमानमा बमको धम्की आए पनि सबैको विवरण भने खुलाइएको छैन ।
जहाजमा बम रहेको सूचना पाएपछि उडानलाई निर्धारित विमानस्थलको सट्टा नजिकैको विमानस्थलमा अवतरण गराइएको थियो । यसबाट इन्धन बढी खपत हुने मात्र होइन, विमानको रि-चेकिङ, यात्रुलाई होटलमा राख्ने र गन्तव्यमा पुर्याउने व्यवस्था मिलाउनुपर्ने भएपछि खर्च बढेको छ ।
यो साता विस्तारा, एयर इन्डिया, इन्डिगो, अकासा, स्पाइसजेट, स्टार एयर र एलायन्स एयरका ७० भन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूलाई धम्की आएको छ। धम्कीका कारण अहिलेसम्म २ सय करोड रुपैयाँसम्मको नोक्सान भइसकेको छ ।
शुक्रबार अबेर राति एयर इन्डिया एक्सप्रेस र विस्तारा एयरलाइन्सको एक–एक उडानमा बमको धम्की दिइएको थियो । त्यसमध्ये दिल्लीबाट लन्डन जाने विस्ताराको फ्लाइटलाई फ्र्याङ्कफर्ट डाइभर्ट गरिएको थियो । त्यस्तै १८९ यात्रु लिएर दुबईबाट जयपुर आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको उडानलाई जयपुरमा आपतकालीन अवतरण गरिएको थियो । अनुसन्धानका क्रममा दुवै विमानमा शंकास्पद केही भेटिएन ।
विमानमा बम राखेको झुटो समाचार फैलाएको आरोपमा मुम्बई प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी एक नाबालिगलाई हिरासतमा लिएको छ । उनले १४ अक्टोबरमा इन्डिगोको विमानमा बम राख्ने धम्की दिएका थिए ।
लगातारको धम्कीका बीच दिल्ली प्रहरीले ६ वटा एफआईआर दर्ता गरेको छ । अर्कोतर्फ सरकारले विमानमा बम रहेको भनी झुटो दाबी गर्ने १० सामाजिक सञ्जाल अकाउन्ट ब्लक गरेको छ ।
उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीलाई धम्कीपूर्ण सन्देश पठाएको सम्बन्धमा संसदीय समितिलाई जवाफ दिएको थियो । आरोपितहरुको पहिचान भई कारबाही भइरहेको मन्त्रालयले जनाएको छ । यस्ता धेरै घटनामा थप जानकारी सङ्कलन र कारबाही भइरहेको पनि बताए ।
मिडिया रिपोर्टका अनुसार, सबै साइबर एकाइहरूलाई धम्कीपूर्ण सोशल मिडिया खाताहरू ट्र्याक गर्न निर्देशन दिइएको छ। तीमध्ये धेरैजसो खाताहरू भारत बाहिरबाट सञ्चालन भइरहेका बताइएको छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend