Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एयर इन्डिया विमान दुर्घटनाः विमानमा सवार सबै यात्रुको मृत्यु


    बिहिबार, जेष्ठ २९ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतको गुजरातस्थित अहमदावादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार दिउँसो दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मुत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित २ सय ४२ जना सवार थिए ।

    ‘विमान दुर्घटनामा कोही पनि जीवित नरहेको देखिन्छ ।’ आयुक्त जीएस मलिकले एपीलाई भनेका छन् । कार्यालयहरूसमेत रहेको आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले केही स्थानीहरुले पनि ज्यान गुमाएको हुनसक्ने उनले बताए ।

    विमान टेकअफ भएको केही मिनेटमै अहमदाबादस्थित मेडिकल कलेजको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको द हिन्दूले जनाएको छ ।

    दुर्घटनामा धेरैको मृत्यु भएको आशंका गरिएको । अहमदाबाद प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म २०४ जनाको शव भेटिएको छ भने ४१ जना घाइतेलाई अस्पताल लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार