काठमाडौं । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृृद्धि भएको छ । अहिलेसम्म २६५ जनाको मृत्यु भइसकेको छ ।
विमानमा सवार २४१ यात्रु र चालक दलका सदस्यको पनि मृत्यु भएको छ । दुर्घटनापछि विमान नजिकैको मेडिकल कलेजको होस्टेलमा खसेको थियो, जसमा थप २४ जनाको मृत्यु भएको छ ।
घटनाबारे थप जानकारी दिँदै स्थानिय अधिकारीले भने, ‘सिभिल अस्पतालमा आएका सबै शव नराम्ररी जलेका छन्, पहिचान गर्न निकै गाह्रो छ, मानिसको शवलाई विभिन्न टुक्रामा बाँडिएको छ । कोही जलेका छन् त कोही काटिएका छन् । यी शव थपिएपछि संख्या २६५ पुगेको छ ।”
उनले थपे, ‘विमानमा २४४ यात्रु र चालक दलका सदस्य थिए, जसमध्ये एक जना यात्रु जिवित छन्, २४१ यात्रुमध्ये सायद कोही बाँचेका होलान् । दुर्घटना हुँदा विमानस्थल नजिकै रहेको मेडिकल कलेजको होस्टेलमा खाजा खाने समय थियो र अधिकांश यात्रुहरु मेसमा थिए ।
त्यही क्रममा यो विमान होस्टेलको संरचनामा खसेको थियो, जसका कारण धेरै चिकित्सकको पनि भग्नावशेषमा दबिएर मृत्यु भएको थियो । सो इलाका डीसीपीले २६५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । तर, यसको आधिकारिक घोषणा भने भइसकेको छैन।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend