काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ ।
‘ह्याण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा आजदेखि सुरु भएको हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तीन दिने हिमालयन इन्टरनेशनल एक्स्पोको उदघाटन समारोहमा उहाँले नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद प्रक्रिया थालिने बताउनुभयो ।
केही समययता जुम्लालगायतका जिल्लामा स्याउको बिक्री नभएर बोटमै सड्न थालेको भनेर हल्ला फिजाइएपछि सरकारले त्यसको बजारीकरण गर्न चाँसो देखाउँदा त्यहाँका स्याउका बोट नै पहिल्यै व्यापारीले ठेक्कामा किनिसकेको जानकारी प्राप्त भएको मन्त्री भण्डारीले बताउनुभयो ।
‘सरकारले कृषकलाई प्रोत्साहित गर्न उनीहरुले उत्पादन गरेका खाद्य पदार्थ तथा वस्तुको बजारीकरण गर्ने तयारी गरिरहेको छ, अहिले पनि कर्णालको सिमी र मार्सी चामललगायत वस्तु खरिद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजारीकरण गरिरहेको छ, अब कम्पनीले हिमाली तथा पहाडी जिल्लाका किसानलाई प्रोत्साहित गर्न अन्यत्र बिक्री हुन नसकेका वस्तु खरिद गर्नेछ’, उहाँले भन्नुभयो ।
यस्तै मन्त्री भण्डारीले नेपाली उत्पादनको निर्यात वृद्धि आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले अहम् भुमिका खेल्ने भनाइ राख्नुभयो । सो एक्स्पोबाट हस्तकलासँग सरोकार राख्ने लघु तथा मझौला उद्यमीका लागि लगानी र व्यापार दुवैको अवसरसमेत सिर्जना भएको उहाँको भनाइ छ । उहाँले नेपाली उत्पादनको उपभोग गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री भण्डारीले भन्नुभयो–‘उद्योग मन्त्रालयले अहिले स्वदेशी वस्तुको उपभोगलाई अनिवार्य गराउने अभियानअनुसार स्वदेशी वस्तुको उपभोगका विषयमा कार्यविधि बनाइरहेको छ, कार्यविधिले पहिलो चरणमा सरकारी निकायबाट स्वदेशी वस्तुको उपभोग अभियानको सुरुआत गरेर विस्तारै देशव्यापी बनाइने छ, कार्यविधि लगभग अन्तिम चरणमा छ ।’
यस्तै मन्त्री भण्डारीले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थलको आवश्यकता औँल्याउँदै निजी क्षेत्रसँगको सहकार्यमा प्रदर्शनीस्थल निर्माण गर्न सरकार तयार रहेको बताउनुभयो । साथै उहाँले निजी क्षेत्रसँगकै सहकार्यमा जिर्ण एवं बन्द अवस्थामा रहेका देशका उद्योग तथा कलकारखाना सञ्चालन गर्न सरकारले पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सांसद ज्ञानेन्द्र शाही, सांसद गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य डा. रामशरण थपलियालगायत वक्ताहरुले स्वदेशी वस्तुको उपभोगमा जोड दिँदै बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गरिनुपर्ने र युवा जनशक्ति पलायन रोक्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज घोषणा गरिने भएको छ। आन्तरिक राजस्व...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend