सञ्जय मिश्रा
रौतहट । सर्लाहीमा बैदेशिक रोजगारीबाट फर्किएका एकजना युवकले गएराति आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । उनको गोली प्रहारबाट उनको बुबा समेत घाइते भएका छन् ।
स्थानीय हरिपुर्वा नगरपालिका (५ घर भएका ३० वर्षीय धिरेन्द्र राय यादवले प्रहार गरेको गोली लागेर उनको श्रीमती २५ वर्षीया चित्रलेखा राय यादवको घटनास्थलमा नै ज्यान गएको हो ।
गोली लागेर उनका बुबा ५३ वर्षीय दिनेश राय यादवसमेत घाइते भएका छन् । श्रीमतीको टाउकोमा र बाबुको दाहिने हातमा गोली प्रहार गरिएको छ । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हत्याका आरोपी धिरेन्द्र फरार रहेको तथा उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक महिलाको शव समाचार तयार पार्दासम्म घटनास्थलमै रहेको छ । अहिले घटनास्थलमा प्रहरीसहित स्थानिय सैयौं महिला पुरुष जम्मा भएका छन् ।
घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
केही समयअघि यादव कुवेतबातबाट फर्केपछि पारिवारिक विवादका कारण यो घटना भएको बताइएको छ । घटनापछि आरोपी युवक र उनीसँग आएका गरी तीनैजना फरार भएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend