काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एकपटक संसदको रोष्ट्रममा उभिएर बोल्न पाउनुपर्ने माग दोहोर्याएका छन् ।
बिहीबार पनि नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिनको माग राखी सदन चल्न नदिएपछि गृहमन्त्री लामिछानेले सामाजिक संजालमा एकपटक बोल्न पाउनुपर्ने माग राखेका छन् । उनले लेखेका छन्–‘एक पटक बोल्न पाउनु पर्यो । त्यत्ति हो मागेको । यति घिनलाग्दो मिडिया ट्रायल ???’
जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुतिपछि राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद समेत दिन नदिई सदन अवरोध गरेको कांग्रेसले बिहीबार पनि संसद चल्न दिएको छैन । बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे पनि सहमति हुन नसकेपछि सुचारु हुन सकेको छैन ।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्न माग राख्दै सदन चल्न नदिने स्पष्ट पारेको छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend