मकवानपुर । हेटौंडा १० बसपार्कमा आज (शनिबार) बिहान एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने बर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्याङ डेरा गरी बस्ने बर्ष २० को समिर थिङ र १८ बर्षीय पञ्च बहादुर तामाङले कुँवर माथी खुकुरी प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छि औलामा चोट लागेको छ । उनको उपचारको लागि हेटौंडा अस्पतालमा पठाईएको थियो । त्यहाँ उपचार संभव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुबै जनालाई खुकुरी सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend