काठमाडौं । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका हाकिम डिल्लीराज लम्सालले खाद्यान्न ढुवानीदेखि धान खरिदमा किसानमारा काम गरेर करोडौं अनियमितता गरेको उजुरी परेको छ । ७ फागुन, २०८० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा परेको उजुरीमा डोल्पामा कार्यरत रहँदा उनले खाद्यान्न ढुवानीमा अनियमितता गरेका सबै फेहरिस्त नै उल्लेख गरिएको छ ।
२०४५ सालमा नेपाल खाद्य संस्थानको खरिदारमा प्रवेश गरेका लम्सालको घर परिवारको आर्थिकस्तर सामान्य रहेको भए पनि अहिले उनी करोडौका मालिक भएको बारेमा छानबिन गरेमा उनले ढुवानीमा गरेको अनियमितता र किसानलाई कसरी नोक्सान पारी लाभ लिएका रहेछन् भन्ने स्पष्ट हुने उजुरीमा उल्लेख छ । वनस्तर निम्न स्तरको रहेको वुझिएको थियो ।
उजुरीमा उल्लेख छ–२०४५ सालमा खाद्य संस्थानको डोल्पामा स्टोरकिपरमा खटिएदेखि नै उनले छिटो धनी हुने बाटो रोजेको देखिन्छ । त्यतिबेला नेपालगंजदेखि खच्चरबाट ढुवानी हुने चामललाई डोल्पा दुनैमा नपु¥याई ठेकेदारलाई बाटोमा वेच्न लगाउने योजना वनाएका थिए । ढुवानी अनुदानको चामल तराईमा भन्दा डोल्पाको दर सस्तो मूल्यको हँुदा तराईमा बेच्दा उल्टै नाफा हुने हुँदा वेचेको चामलवाट विक्री मूल्य जम्मा गर्ने र आफू स्टोरकिपर भएकाले विक्रीको राजश्व देखाई गोदाम दाखिलाको माल प्राप्ति बनाई ढुवानी ठेकदारलाई कागजपत्र मिलाएर पठाई दोहोरो लाभ लिन थाले ।
२०४५ मा नेपालगंजवाट डोल्पाको ढुवानी भाडा न्यूनतम रु. २ हजार ५ सयदेखि ३ हजार प्रतिक्वीन्टल रहेको थियो । चामल ढुवानी नगरी मिलाएको कागजातवाट ठेकेदारलाई नेपालगंजमा ढुवानी भाडा वुझ्न लगाई आधा आधा गरी उनले खरिदार हुँदै कमाउधन्दा संचालन गरे । सानै उमेरमा जागिरको केही वर्षमा कमाउ धन्दामा लागेका र पल्केका लम्साल जागिरमा कहिले पोखरा स्याङ्जा दैलेखमा कार्यरत रहँदै अधिकृत भएपछि २०६२ सालमा डोल्पाकै हाकिम भए । हाकिम हुँदा उनलाई अझ सजिलो भयो ।
चामल ढुवानी नगराई कागजपत्र मिलाउने अनुभव र कला यिनलाई पहिला नै थाहा थियो । उनी हाकिम हुँदा डोल्पामा ३० औं हजार कोटा थप्न लगाए कोटाको ४० प्रतिशत नेपालगंज र दाङमा बेच्न लगाई ढुवानी भाडामा लाखौं लाख भ्रष्टाचार गरेका छन् ।
डोल्पामा उनले गरेको भ्रष्टाचार जन्यकार्यको व्यवस्थापनले थाहा पाएर कारवाही स्वरुप २०६४ सालमा प्रधान कार्यालय विक्री वितरण विभागमा सरुवा भयो । तर माथिल्ला हाकिमलाई सेटिङ गरी कारबाहीबाट बचे । विभागमा रहँदा पानीविनाको माछा जस्तै छटपटाएका उनी पुनः २०६७ सालमा तत्कालीन भ्रष्ट व्यवस्थापनलाई लाखौ नजराना वुझाएर पुनः डोल्पा नै प्रमुख भएर गए । यसरी अधिकृत जस्तो कर्मचारी सुगमका तमाम कार्यालय प्रमुख हुने स्थान हुँदाहुँदै पुनः फर्कीफर्की डोल्पा जानुको कारण ढुवानीमा गडबडी गर्ने र अकूत लाभ लिनकै लागि थियो ।
डोल्पामै कार्यरत रहँदा बढुवा आठौं तहमा बढुवा भएका डिल्लीराज लम्साल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तत्कालीन अंचल कार्यालय धनगढीमा २०७१ सालमा अञ्चल प्रमुख भएर गएपछि त्यस कार्यालयमा गरेका भ्रष्टाचार र किसानमारा कार्य त बयान नै गरी साध्य छैन । उजुरीमा उनले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेकाले छानबिन गर्न माग गरिएको छ ।
गरिब जनताका लागि सरकारले पठाएको चामल नेपालगंजमै बिक्री गरेको, ढुवानी भाडामा अनियतता गरेकोबारेमा लम्सालले भने–‘यी सब कुरा गलत हुन् । कम्पनीमा केही गुण्डा जस्ता कर्मचारीहरु छन्, उनीहरुका बिरुद्ध पनि समाचार छाप्नुुस् । जो काम नगर्ने र काम गर्नेहरुका बिरुद्ध उजुरी हाल्दै हिंड्छन् ।’
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend