काठमाडाैं। सामसङको ‘ग्यालेक्सी ए१५ फाइभजी’स्मार्टफोन नेपालमा पनि सार्वजनिक भएको छ । सबैका लागि पहुँचयोग्य बनाउने ‘ए सिरिज’को लक्ष्य अनुसार उक्त स्मार्टफोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
‘२०२४ ग्यालेक्सी ए सिरिजको लक्ष्य सबैका लागि उत्कृष्ट प्रविधिलाई पहुँच योग्य बनाउने र किफायती मूल्यमा नवीनतम् ग्यालेक्सी इनोभेशनहरू प्रदान गर्नु हो’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार ‘ग्यालेक्सी ए१५ फाइभजी’मा सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरिएको छ ।
एफएचडी प्लस रेजोल्युसन भएको ६.५ इन्चको सुपर एमोल्ड इन्फिनिटी–यू डिस्प्ले छ। उक्त स्मर्टफोनमा ६/१२८जीबी, ८/१२८जीबी र ८/२५६जीबी सम्ममा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
साथै फोटोग्राफीका लागि क्यामेरा उत्कृष्ट रहेको कम्पनीले बताएको छ। पछाडिको सेटअपमा ५० एमपी वाइड – –एंगल क्यामरा, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामरा समावेश रहेको कम्पनीले बताएको छ।
६/१२८जीबी हाइ – इन्ड टेक्नोलोजीमा रहेको स्मार्टफोनको मूल्य २७ हजार ९९९ रुपैयाँ, ८/१२८जीबीमा उपलब्ध स्मार्टफोनको मूल्य २९ हजार ९९९ रुपैयाँ र ८/२५६जीबीमा उपलब्ध स्मार्टफोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।
काठमाडौँ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका(६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ। सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको...
काठमाडौँ । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता...
काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल...
काठमाडौं । संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला...
काठमाडौं । अष्ट्रेलियाको सामाजिक सञ्जाल सबन्धी नयाँ कानुनको अहिले निकै चर्चा भइरहेको छ । उसले १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend