काठमाडौं । अष्ट्रेलियाको सामाजिक सञ्जाल सबन्धी नयाँ कानुनको अहिले निकै चर्चा भइरहेको छ । उसले १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ ।
छिमेकी मुलुक भारत सरकारले डिजिटल पर्सनल डाटा प्रोटेक्शन (डीपीडीपी) को मस्यौदा पनि प्रस्तुत गरेको छ, यो ऐनअनुसार बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्नुअघि अभिभावकको अनुमति लिनु पर्ने नियम बनाउँदैछ, अर्को छिमेकी मुलुक चीनमा त लगभग सबै सामाजिक सञ्जाल प्रतिबन्ध जस्तै रहेको छ ।
तर, तपाइलाइ यो थाहा नहुन सक्छ कि अष्टेलिया जस्तै विश्वका अन्य १० देशमा पनि सामाजिक सञ्जाल प्रतिबन्धित गरिएको छ । अष्ट्रेलियाः ले बालबालिकाका लागि मात्रै सामाजिक सञ्जाल एपमाथि प्रतिबन्ध लगाएको छ । विश्वका १० देशमा फेसबुक, इन्स्टाग्राम र ट्वीटर जस्ता एप या त पूर्ण रूपमा प्रतिबन्धित छन् वा प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
उत्तर कोरियाः सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाएको छ भने इन्टरनेट प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ ।
चीनः फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो, सरकारले वी च्याटबाट काम गर्ने अनुमति दिएको छ ।
ब्राजिलः झुटा समाचार फैलाएको भन्दै ट्विटरमा प्रतिबन्ध लगाइएको छ ।
इरानः राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै इरानमा फेसबुक, ट्वीटर र युट्युब पूर्ण रूपमा प्रतिबन्धत लगाएको छ ।
साउदी अरेबियाः सामाजिक सञ्जालमा कडा नजर राख्छ, मुख्यतया शाही परिवारका बारेमा लेख्न प्रतिबन्ध गरेको छ ।
टर्की : ट्विटर, युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जाल एपहरूमा सेन्सरशिप लगाएको छ।
रुसः सामाजिक सञ्जालमा कडा प्रतिबन्ध लगाइएको छ, राष्ट्रिय सुरक्षामा खतरा देखिएमा इन्टरनेट सुविधा पनि बन्द गर्दछ
संयुक्त अरब इमिरेट्सः यहाँ साइबर अपराध कानून धेरै कडा छ। सरकार र इस्लाम विरुद्ध बोल्ने पक्राउ पर्न सक्छ र क्षतिपूर्ति पनि तिर्न सक्छ।
इजिप्टः इजिप्टमा पनि सोशल मिडियामा कडा प्रतिबन्धहरू लागु भएका छन्।
भियतनामः सरकार विरुद्ध केही लेखेमा तुरून्त गिरफ्तारी हुन सक्छ।
काठमाडौँ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका(६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ। सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको...
काठमाडौँ । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता...
काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल...
काठमाडौं । संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला...
काठमाडौं । वैज्ञानिकहरूको टोलीले फोक्सो स्क्यान गर्ने नयाँ विधि विकास गरेका छन् । यो विधिले प्रत्यारोपण गरिएको फोक्सोले वास्तविक समयमा ठीकसँग काम गरिरहेको छ कि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend