काठमाडौँ । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता मिति, प्रमुख पदाधिकारी र तिनका निर्वाचन चिन्हसमेत समावेश गरिएको छ ।
सूचीको पहिलो स्थानमा नेपाल मजदुर किसान पार्टी रहेको छ, जसको अध्यक्ष नारायणमान बिजुक्छे र चिन्ह मादल हो । दोस्रो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी ९मार्क्सवादी–लेनिनवादी० परेको छ, जसका महासचिव चन्द्रप्रकाश ९सिपी० मैनाली हुन् र चिन्ह हँसिया र तारा हो ।
तेस्रोमा गान्धीवादी पार्टी नेपाल (अध्यक्ष लालबहादुर राना, चिन्ह भेडा) र चौथोमा नागरिक शक्ति, नेपाल (अध्यक्ष देवप्रकाश त्रिपाठी, चिन्ह त्रिशूल) रहेका छन् । पाँचौँ नम्बरमा युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी दर्ता भएको छ, जसको अध्यक्ष मुस्कान पौडेल र चिन्ह पुरुष हो ।
राष्ट्रिय राजनीति निर्धारण गर्ने ठुला दल पनि आयोगको अद्यावधिक सूचीमा क्रमशः समावेश छन् । नेकपा (एमाले) २३औँ नम्बरमा छ, जसको अध्यक्ष केपी शर्मा ओली र चिन्ह सूर्य हो । २५औँ नम्बरमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिन्ह गोलाकारभित्र हँसिया–हथौडा रहेको छ । नेपाली काँग्रेस २६औँ नम्बरमा दर्ता छ, सभापति शेरबहादुर देउवा र चिन्ह रुख हो । यस्तै राष्ट्रिय जनमोर्चा २७औँ नम्बरमा छ, अध्यक्ष चित्रबहादुर केसी र चिन्ह गिलास हो ।
समकालीन राजनीतिक धारका नयाँ दल पनि आयोगको सूचीमा छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend