काठमाडौँ । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता मिति, प्रमुख पदाधिकारी र तिनका निर्वाचन चिन्हसमेत समावेश गरिएको छ ।
सूचीको पहिलो स्थानमा नेपाल मजदुर किसान पार्टी रहेको छ, जसको अध्यक्ष नारायणमान बिजुक्छे र चिन्ह मादल हो । दोस्रो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी ९मार्क्सवादी–लेनिनवादी० परेको छ, जसका महासचिव चन्द्रप्रकाश ९सिपी० मैनाली हुन् र चिन्ह हँसिया र तारा हो ।
तेस्रोमा गान्धीवादी पार्टी नेपाल (अध्यक्ष लालबहादुर राना, चिन्ह भेडा) र चौथोमा नागरिक शक्ति, नेपाल (अध्यक्ष देवप्रकाश त्रिपाठी, चिन्ह त्रिशूल) रहेका छन् । पाँचौँ नम्बरमा युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी दर्ता भएको छ, जसको अध्यक्ष मुस्कान पौडेल र चिन्ह पुरुष हो ।
राष्ट्रिय राजनीति निर्धारण गर्ने ठुला दल पनि आयोगको अद्यावधिक सूचीमा क्रमशः समावेश छन् । नेकपा (एमाले) २३औँ नम्बरमा छ, जसको अध्यक्ष केपी शर्मा ओली र चिन्ह सूर्य हो । २५औँ नम्बरमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिन्ह गोलाकारभित्र हँसिया–हथौडा रहेको छ । नेपाली काँग्रेस २६औँ नम्बरमा दर्ता छ, सभापति शेरबहादुर देउवा र चिन्ह रुख हो । यस्तै राष्ट्रिय जनमोर्चा २७औँ नम्बरमा छ, अध्यक्ष चित्रबहादुर केसी र चिन्ह गिलास हो ।
समकालीन राजनीतिक धारका नयाँ दल पनि आयोगको सूचीमा छन् ।
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend