Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा सहायक हवल्दारले गरे पत्निको गोली हानी हत्या, पेस्तोल दिने हवल्दार निलम्बित


    शुक्रबार, फाल्गुन ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । दाङमा प्रहरी जवान धनमाया थापा गोली हानी हत्या प्रकरणमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापा निलम्बनमा परेका छन् ।

    पत्नी थापाको हत्या गर्ने सहायक हवल्दार यामबहादुर झाँक्रीलाई पेस्तोल दिने ती हवल्दार थापालाई निलम्बन गरिएको स्रोतले बतायो ।

    हिजो बिहीबार राति घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार झाँक्रीले गोली हानेर प्रहरी जवान तथा पत्नी धनमायाको हत्या गरेका थिए । दामोदर चोकमा ड्युटीमा खटिएकी श्रीमतीलाई पति यामबहादुरले बिहीबार राति गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले पुष्टि गरेको हो ।

    उनले पत्नीलाई ३ राउण्ड गोली प्रहार गरेका थिए । गोली धनमायाको छाती र कोखामा लगोको थियो । घटना लगत्तै उनलाई लमही वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनी आफैंले चलाएर आएको भे १२ प १५५० नम्बरको मोटरसाइकलमै भागेका थिए ।

    ती सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । तर उनी फागुन २ गतेदेखि लागु हुने गरी चार दिनको बिदामा बसेका थिए । तर उनी पत्नीको हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट आएको भेटिएको छ । उनी विदामा पनि पेस्तोल ल्याएर आएपछि सो पाल खुलेको हो ।

    प्रहरी सहायक निरीक्षक ‘असई’ भन्दा तलका प्रहरीले पेस्तोल बोक्न पाउँदैनन् । तर, यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले ती पेस्तो दिने जिन्सी शाखाका हवल्दार थापालाई निलम्बन गरेर अनुसन्धान थालिएको छ ।

    नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि उनलाई निलम्बन गरिएको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र स्रोतले जनाएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठौरले उनलाई निलम्बन गरेका हुन् ।

    त्यस्तै, श्रीमान–श्रीमतीबीचको सम्बन्धको खटपटका कारण उक्त घटना भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान हुन बाँकी रहेको दाङ प्रहरी बताउँछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार