Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी नागरिक विमानस्थलबाट पक्राउ


    बिहिबार, फाल्गुन ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेका छन् । उनीहरूलाई बुधबार साँझ पक्राउ गरिएको हो ।

    फ्लाई दुबई एयरलाइन्सको उडानमा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट करिब ९५ लाख ४३ हजार ३८४ नेपाली रूपैयाँ हुन आउने उक्त विदेशी मुद्रा बरामद गरिएको छ । अवैध रूपमा लुकाइछिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार