Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले टस जितेर क्यानडाविरुद्ध बलिङ गर्दै


    सोमबार, माघ २९ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

    यसअघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।

    नेपालले अब अन्तिम खेलमा जित हासिल गरेर सिरिज क्लीन स्वीप गर्ने प्रयास गर्ने छ भने क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने प्रयास गर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार