Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालले आज क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै


    शनिबार, माघ २७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दै छ । यो खेल टियु मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुँदैछ ।

    यस अघि बिहिबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १-० ले अगाडी रहेको छ । नेपालले यो खेल जितेर सिरिजमा आफ्नो कब्जा सुनिस्चित गर्न चाहने छ भने क्यानडाले यो खेल जितेर सिरिजमा कमब्याक गर्न चाहने छ । नेपालले सिरिजको तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ गते हुने छ ।

    क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिम खेलिरहेको छ । क्यानडाविरुद्ध रिजन ढकाल र सुर्य तामाङले डेभ्यु गरेका छन् । यस सिरिजमा करण केसी, दिपेन्द्र सिंह ऐरी, गुलशन झा लगायतलाई भने क्यानाडाविरुद्ध आराम दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार