Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बंगालदेशविरुद्धको एकदिवसीय सिरिजमा अफगानिस्तानको विजयी शुरुवात


    बिहिबार, कार्तिक २२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अफगानिस्तानले बंगालदेशविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।

    गएराती सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई सिरिजको पहिलो खेलमा ९२ रनको जित हासिल गरेको छ ।

    अफगानिस्तानले दिएको २३६ रनको लक्ष्य पछाएको बंगलादेश ३४.३ ओभरमा १४३ रनमा अल आउट भएपछि खेल ९२ रनले हारेको थियो ।

    बंगलादेशलाई आलआउट गर्ने क्रममा अफगानिस्तानका बलर एएम घजानफारले ६ विकेट लिएका थिए ।

    यसअघि पहिला ब्याटिंग गर्दै ४९.४ ओभरमा अल आउट हुदै २३५ रन बनाएको थियो । ७१ रनमा ५ विकेट गुमाएको अफगानिस्तानका लागि मोहमद नवीले ८४ रन र कप्तान हाश्मतुल्लाह शाहिदीले ५२ रन बनाएर पारी सम्हालेका थिए ।

    अब सिरिजको दोस्रो खेल शनिबार हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार